अज्ञात रोगका कारण झापाको मुसहर बस्तीमा २ जनाको मृत्यु, ९ जना सिकिस्त
झापा, १६ असोज । अज्ञात रोगका कारण झापामा २ जनाको ज्यान गएको छ । अझै ९ जना सिकिसत बिरामी छन् । अज्ञात रोगका कारण कनकाई नगरपालिका–४ स्थित टेक्रामा मुसहर समुदायका २३ वर्षीय नारायण ऋषिदेव र २४ वर्षिया वसन्ती ऋषिदेवको ज्यान गएको हो ।
सुरुङ्गा बजारदेखि ४ किलोमिटर दक्षिणमा रहेको मुसहर बस्तीमा फैलिएको रोगका कारण २७ वर्षीय दुर्गा ऋषिदेव, २४ वर्षीया मेनुका ऋषिदेव, २४ वर्षीया राधा ऋषिदेव, सानु ऋषिदेव, ललिता ऋषिदेव, जीवन ऋषिदेव, सुरे ऋषिदेव, सागर चौधरी र नाम नखुलेका चौधरी थरका एक पुरुष सिकिस्त बिरामी परेका छन् । बिरामीमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको छ ।
बिरामीहरुलाई कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल नेतृत्वको टोलीले सदरमुकाम भद्रपुरस्थित मेची अञ्चल अस्पताल लगेको छ । बिरामीहरुमा टाउँको दुख्ने, ज्वरो आउने र रगतसहितको वान्ता आउने समस्या देखिएको कन्काई नगरका मेयर पोखरेलले जानकारी दिए । दशैँका बेला रोग फैलिएपछि कन्काईका बासिन्दा चिन्तित छन् ।
सुरुंगा बजारदेखि चार किलोमिटर दक्षिणमा पर्ने मुसहर बस्तीमा फैलिएको रोगका कारण नारायणको तीन दिनअघि नै ज्यान गएको हो । बसन्तीको भने गएराति ज्यान गएको स्थानीयबासीले जनाएका छन् । सुरुमा टाउको दुख्ने, ज्वरो आउने र रगत बान्ता भएपश्चात मृत्यु भएको मुसहर बस्तीका रामविलास ऋषिदेवले जानकारी दिए । रोग लागेको २ दिनभित्र बिरामीको मृत्यु हुने गरेको छ ।
बिरामीहरुलाई घरैमा राखेर धामीझाँक्रीमार्फत् झारफुक गरिरहेको अवस्थामा उद्धार गरी मेची अञ्चल अस्पताल पु¥याइएको हो । आफ्ना देवता बिग्रिएका कारण यस्तो प्रकारको रोग लागेको मुसहर टोलका अगुवाले बताउँदै आएका छन् ।
फोटोः नयाँपत्रिका दैनिकबाट
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












