निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई काममा फर्किन सर्वोच्चको आदेश
काठमाडौं, २२ असोज । सर्वोच्च अदालतले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई काममा फर्किने बाटो खुलेको छ । सर्वोच्चले मन्त्रिपरिषदले असोज २ गते खड्कालाई पदबाट बर्खास्त गर्ने विषयमा गरेको निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिदैं खड्का काममा फर्किने बाटो खुलेको हो ।
आयल निगमको जग्गा खरिदमा अनियमितता गरेको भन्दै सरकारले खड्कालाई बर्खास्त गरेको थियो । आइतबार सर्वोच्च अदालतले खड्कालाई काममा फर्किन मार्ग प्रशस्त गर्दे अन्तरिम आदेश जारी गरेको उनको तर्फबाट बहस गरेका कानुन व्यवसायी अधिवक्ता रामचन्द्र सुवेदीले जानकारी दिए। खड्काको मुद्दामा वरिष्ठ अधिवक्ता सूर्य ढंगेल, रामकृष्ण निराला, बाबुराम गिरी, अधिवक्ता नरेन्द्र गौतमले बहस गरेका थिए ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्काको रिटमा सुनुवाइ गर्दै उनको माग अनुसार अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ। खड्काले आफुलाई हटाउने निर्णय गैरकानूनी भएको भन्दै सर्बोच्च अदालतमा असोज ४ गते रिट दायर गरेको थिए । दशैंको बिदापछि सर्बोच्च अदालत शुक्रबारदेखि खुलेको छ ।
Comments
अरु समाचार
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...
-
चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ को संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २०७९ को संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । शुक्रबार...
-
भोलिदेखि आधामात्रै ग्यास भएको सिलिन्डर, मूल्य पनि आधा लिइने
काठमाडौं । नेपाल आयल निगमले प्रतिसिलिन्डर ७.१ केजी ग्यास भरेर वितरण गर्ने भएको छ । अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा...












