महाकाली अस्पतालका चिकित्सक कुटिएपछि आकस्मिक बाहेकका सेवा बन्द
कञ्चनपुर, २३ असोज । ड्युटीमा रहेका चिकित्सकमाथि बिरामीका आफन्त हातपातमा उत्रिएपछि आइतबार बिहानदेखि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालको सेवा प्रभावित बनेको छ । शनिबार राति अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाको बच्चा मृत जन्मिएको विषयमा लिएर उनका आफन्तले अस्पतालका चिकित्सक, नर्स र अस्पतालको सुरक्षामा खटिएका प्रहरीमाथि हातपात गरेका थिए ।
आफन्तले अस्पतालका डा. सत्यप्रकाश कोइरालामाथि हातपात गरेको महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले बताए । चिकित्सक र स्वास्थ्यकर्मीले घटनाको विरोधमा आइतबार बिहानदेखि आकस्मिक सेवाबाहेकका अन्य सेवा ठप्प पारेका छन् ।
उक्त क्रममा अस्पतालमा खटिएका एक प्रहरी जवानको टाउकामा गम्भीर चोट लागेको छ । अस्पतालका चिकित्सक महिलाले बच्चा जन्माउने क्रममा मृत अवस्थामै जन्मिएको दाबी गर्छन् । तर महिलाका आफन्तले भने सुत्केरीको वार्डमा रहेको नर्सको लापर्बाहीले बच्चाको मृत्यु भएको आरोप लगाएका छन् । ‘जन्मिँदै बच्चाको मृत्यु भइसकेको थियो’, चिकित्सक कोइरालाले भने, ‘तर महिलाका आफन्त आक्रोशमा आएर हातपातमै उत्रिए ।’
बिरामीका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै आक्रमण गर्ने कामले असुरक्षित भएको भन्दै आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले चिकित्सकमाथि आक्रमणमा संलग्न भएकाले बिरामीका पाँच जना आफन्तलाई नियन्त्रणमा लिएको बताए । उनले घटनामा संलग्नमाथि आवश्यक कानूनी कारबाही हुने बताए । चिकित्सकको आन्दोलनपछि अस्पतालको सेवा प्रभावित बनेको छ । रासस
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आज बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौँ। नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक, दुई...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...












