राजधानी ‘गुण्डामुक्त’ बनाउने प्रहरी योजना, गुण्डा देख्ने बिक्तिकै ‘इन्काउन्टर’
काठमाडौं, २६ असोज । यतिबेला राजधानीमा सुरक्षा खतरा बढेको छ । सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको गोली हानि हत्या भयो । दिउँसै एक व्यवसायीमाथि गोली प्रहार गरी हत्या गरिनुले पनि सुरक्षा खतरा बढाएको छ । यसलाई मध्यनजर गर्दै प्रहरीले राजधानीबाट गुण्डा सफाया गर्ने योजना बनाएको छ ।
केही समय गुण्डाहरुबाट शान्त रहेको राजधानी गौचन हत्या प्रकरणले फेरी सलबलाएको प्रमाणित हुन्छ । राजधानीलाई गुण्डा मुक्त पार्न प्रहरीले आवश्यक परेको खण्डमा सिधै इन्काउटरको समेत योजना बनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका आयुक्त एआईजी जयबहादुर चन्दले गौचन हत्या प्रकरणप्रति दुःख व्यक्त गर्दै अब प्रहरीले नयाँ योजनाका साथ अगाडि बढ्ने बताए ।
काठमाडौंको सुरक्षा व्यवस्था कडा हुँदा हुँदै पनि सडकमा ढुकेर नियोजित तरिकाले कायरतापुर्ण तरीकाले गौचनको हत्या गरिएको भन्दै अभियुक्तहरुलाई कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिवद्धता जनाए ।
उनले गौचनको हत्या घटनापछि राजधानीको सुरक्षा अवस्था विग्रिन नदिन प्रहरीले उच्च सर्तकता अपनाएको भन्दै घटनाको तिव्ररुपमा अनुसन्धान भइरहेको र छिटो भन्दा छिटो दोषिलाई कानुनी कठघरामा उभ्याउने गरी प्रहरीले आफ्ना संयन्त्रहरु परिचालन गरिरहेको जानकारी दिए । विगत केही वर्षयता राजधानीको सुरक्षा अवस्था एकदमै राम्रो भएको भन्दै पछिल्लो पटक व्यवसायीमाथि गोलिप्रहार गरी हत्या गर्ने समुहको खोजि कार्य तिव्र पार्नका लागि प्रहरीले छुट्टै टिम परिचालन गरिरहेको एआइजी चन्दको भनाई छ ।
यो घटनावाट प्रहरी निराश नभएको र आउँदा दिनमा यस्ता घटना हुन नदिनका लागि आफ्नोतर्फबाट पुर्णरुपमा सावधानी अपनाएको उनको भनाई छ । पछिल्लो समयमा राजधानिमा गुन्डागर्दी मौलाएको हो भनि जिज्ञासा राख्दा चन्दले भने–‘राजधानीमा गुन्डागर्दी मौलाएको छैन, ब्यवसायि गौचनमाथि भएको हत्याको घटनामा गुन्डागर्दी र आपराधिक पृष्ठभुमिका भएका समुहले जिम्मा लिइरहेको खवर सञ्चारमाध्यममा आइरहेको हुँनाले आम मानिसले फेरी गुन्डागर्दी मौलायो कि भन्ने परेको छ, त्यो कदापि होइन्, मैले सबैलाई विश्वस्त बनाउन चाहन्छु कि राजधानीमा गुन्डागर्दी नियन्त्रण गर्न प्रहरी सक्षम छ, यदि प्रहरीलाई हतियारसहित गुन्डाहरु आक्रमण गर्न आउछन् भने प्रहरीले इन्काउन्टर गरेर सिध्याउछ ।’
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












