जग्गा विवादले सहोदर दाजु-भाइको परिवारमा खुकुरी हानाहान हुँदा दुई जनाको मृत्यु

बाजुरा, २८ असोज । एकै परिवारका दाजु–भाइको परिवार भित्रै खुकुरी हानाहान हुँदा दुई जनाको ज्यान गएको छ । खुकुरी हानाहानमा संलग्न अर्का एक जना गम्भीर घाइते छन्। बाजुराको त्रिवेणी नगरपालिका ८ कालापानीमा शनिबार बिहान दाजुभार्इको परिवारबीच खुकुरी हानाहान हुँदा दुई जनाको ज्यान गएको हो ।
कालापानीका मोहन गिरी र उनका सहोदर भार्इ गोरख गिरीको परिवारबीच जग्गा विवादको बिषयमा खुकुरी हानाहान हुँदा मोहन गिरीका २७ वर्षीय छोरा नौले गिरी र ३२ वर्षीय छोरा अर्जुन गिरीको ज्यान गएको प्रहरीले जनाएको छ । नौलेको घट्नास्थलमै र अर्जुनको उपचारका क्रममा अछामस्थित बयलपाटा अस्पतालका ज्यान गएको बाजुराका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक जगदिश भट्टले जानकारी दिए।
मोहन गिरीका अर्का छोरा २१ वर्षीय नरेश गिरी गम्भीर घाइते छन्। उनको बाजुरास्थित फालासैनमा रहेको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोहन गिरीलाई पनि सामान्य चोट लागेको छ । मृतक नौले गिरीको शव प्रहरीले गोरख गिरीको घरमा फेला पारेको हो। दुवै परिवारका बीचमा शुक्रबार बिहान ७ बजे खुकरी हानाहान भएको थियो।
प्रहरीका अनुसार घटनास्थलमा खुकुरी, खुडा र जीआई पाइप प्रहार भएको छ। घटनामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय बाजुराले ५० वर्षीय गोरख गिरी, उनका २५ वर्षीय छोरा गणेश गिरी, २० वर्षीय योगेन्द्र गिरी र १६ वर्षीय दिनेश गिरीलाईे नियन्त्रणमा लिएको छ।
तीन जनालाई गाउँमै प्रहरीले नियन्त्रणमा लिएको हो भने गणेश गिरीलाई सदरमुकामबाट प्रहरीले पक्राउ गरेको हो। घटना लगत्तै फरार रहेका गणेशलाई प्रहरीले सदरमुकामबाट पक्राउ गरेको हो।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











