मध्यरातमा भएपनि दलले बुझाए समानुपातिकतर्फको उम्मेदवारको सूची, यी दलले किन बुझाएनन् ?
काठमाडौं, ३० असोज । आगामि मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि ४९ दलले मात्र समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाएका छन् । ५५ दलले टोकन लिएकोमा ४९ दलले मात्रै निर्वाचन आयोगमा समानुपातिकतर्फ उम्मेदवारको मनोनयन सूचि दर्ता गराएका हुन् ।
आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन सूचि बुझाउने समय तोकिए पनि दलहरुले आन्तरिक तयारी पूरा गर्न नसक्दा उनीहरुले मध्यरातसम्म आयोगमै बसेर सूचि बुझाएका निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
बेलैमा तयारी नगर्दा दलहरुले आइतबार हतारहतार उम्मेदवारको सूचि बुझाएका हुन् । आइतबार बुझाएको सूचिमा दलहरुले संशोधन गर्न पाउनेछन् । नाम संशोधनको लागि आयोगले आउँदो ६ गतेदेखि १२ गतेसम्मको समय छुट्याएको छ । समानुपातिक उम्मेदवारको अन्तिम सूचि कात्तिक १७ गते प्रकाशित हुने आयोगले जनाएको छ ।
निर्वाचन आयोगमा समानुपातिकतर्फ प्रदेशसभामा २ सय २० र प्रतिनिधिसभामा १ सय १० गरी ३ सय ३० जना निर्वाचित हुने व्यवस्था निर्वाचन कानुनमा छ ।
Comments
अरु समाचार
-
आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी, कसुर के हो?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य आशिका तामाङलाई स्पष्टीरकण सोध्ने तयारी गरेको छ। सामाजिक सञ्जालबाट विभिन्न विषयमा पार्टी हितविपरित...
-
डर प्रभाव वा दुई तिहाई र महाभियोगको त्रासमा न्याय निरुपण असम्भवः सपना प्रधान मल्ल
काठमाडाैं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनैपनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने बताएकी...
-
कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज धनगढीबाट सुरू
काठमाडाैं । नेपाली कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज सुदूरपश्चिमको धनगढीबाट सुरू हुँदैछ । विहान १०...
-
मनोज शर्मा नै किन रवि र बालेनलाई नै प्यारो ?
काठमाडौं । ‘नेपोकिड’ को नाराले ओलीलाई हेलिकप्टर चढेर भाग्ने बनायो । नातावाद र कृपावादको विरोधमा उत्रिएका जेनजीले सरकार फेरे ।...
-
उच्च अदालत जनकपुरले शनिबार ‘न्यायिक महोत्सव’ आयोजना गर्दै
जनकपुर । उच्च अदालत जनकपुरले कानुन दिवसको अवसरमा शनिबार पहिलो पटक न्यायिक महोत्सवको आयोजना गर्दैछ । दिनभर चल्ने महोत्सवमा अदालत,...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
प्रधानन्यायाधीश सिफारिसपछि कांग्रेसको फरक अभिव्यक्ति, भन्यो- देशलाई एकलौटी शासनतर्फ धकेलियो
काठमाडौँ । नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी हालै जारी अध्यादेश र त्यसअन्तर्गत भएको निर्णय प्रक्रियाप्रति गम्भीर असहमति जनाएको छ । कांग्रेसले...
-
नेपाल बार एसोसिएसनको बैठक: प्रधानन्यायाधीश सिफारिसबारे समान धारणा बनाउँदै
काठमाडौं । नेपाल बार एसोसिएसनको बैठक आज बस्दै छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे समान धारणा बनाउन आजका लागि...
-
वरिष्ठताको परम्परा तोड्दै डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस, परिषद्मै फरक मत
काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्...












