विश्व खाद्य अधिकार दिवसकै दिन निकुञ्जले पीडितलाई धान चुट्नबाट रोक्यो
कञ्चनपुर, ३० असोज । कञ्चनपुरका निकुञ्ज पीडित र शुक्लाफाँटा निकुञ्ज कार्यालयबीच द्वन्द्व उत्पन्न भएको छ । लालझाँडी गाँउपालिका–१ ढक्का शिबिरमा बस्दै आएका पीडितले धान थ्रिसरबाट चुट्न थालेपछि निकुञ्जको सुरक्षार्थी खटिएका सेना र गेमस्काउटले रोकेपछि द्वन्द्व उत्पन्न भएको हो । सोमबार ३७ औँ विश्व खाद्य अधिकार दिवसकै दिन पीडितको बस्तीमा मेसिनबाट धान चुट्ने क्रममा सेनाले अवरोध गरेपछि पीडित आन्दोलित भएका छन् । पीडितले बिरोध समेत गरेका छन् ।
शुक्लाफाँटा निकुञ्ज पीडितले विश्व खाद्य अधिकारकै दिन निकुञ्ज कार्यालयबाट धान चुट्नबाट रोक लगाएर खाद्य अधिकारको हनन् गरेको दुखेसो पोखेका छन् । तिहारका बेला निकुञ्ज कार्यालयले सेना लगाएर खाने गाँसमा अवरोध सिर्जना गरेर पीडितलाई दुख दिन खोजेको पीडितको भनाई छ ।
एमाले नेता समेत रहेका आरक्ष पीडित मनबिर ओडले आरक्षपीडित माथी सरकारले दमन गरेको संज्ञा गर्नुभयो । ‘पीडितलाई विस्थापित गरेर स्थापितको साटो उल्टै खाद्य अधिकारबाट हनन् गरेको छ, ‘उनले भने, ‘पीडितलाई पुर्नस्थापना गर्नुपर्छ ।’ आरक्ष पीडितका लागि अत्यन्तै दुखत दिन आएको बताउदै उनले धान चुट्न दिनुपर्नेमा जोडदिए ।
आरक्ष पीडित संघर्ष समिति कञ्चनपुरका अध्यक्ष हिरा सिह भण्डारीले बेलाबेलामा आएका खेत जोत्दा र बाली भित्र्याउने बेला निकुञ्जले टर्चर दिएर मानव अधिकारको उल्लंघन गरेको बताए । ‘धान चुट्ने बेला सेनाले रोकेपछि हामी आन्दोलनमा उत्रेका छौँ, ‘उनले भने, ‘तिहारका बेला पीडितलाई सुःखपूर्वक खान दिने भएनन् ।’
पीडितमाथी बेला बेलामा कर्मचारीतन्त्रबाट दमन, शोषण भएका कारण समस्या समाधान नभएको उनको दुखेसो छ । ‘हामी जंगलमा रहरले होईन् बाध्यताले बसेका हौँ, ‘उनले भने, ‘हामी नेपाली नागरिक हौँ, कि भारतीय यो सरकारले आजै भन्नुपर्यो ।’ सरकारी लाचारीपनका कारण आज मानव भएर दानवको जस्तो जिवन विताउँन बाध्य भएको बताउँदै उनले तिहारका बेला पेटमा लात हानेर भोको मार्न खोजेको उनको भनाई छ ।
अध्यक्ष भण्डारीले संविधान निर्माणसंगै पीडितको पुर्नस्थापना हुने आशा बोकेपनि केही शासकका कारण आज मानव अधिकारबाटै बञ्चित हुनुपरेको दुखेसो पोखे । शुक्लाफाँटा निकुञ्ज कार्यालय कञ्चनपुरका प्रमुख बेद कुमार ढकालले विभागको निर्देशन अनुसार निकुञ्ज र नेपाली सेनालाई आरक्षपीडितको शिबिरमा मेसिनरी सामाग्रीबाट खनजोत र अन्नबाली चुट्न नदिने निर्देशन अनुसार रोकेको बताए । ‘यो हाम्रो विभागको निर्देशन हो, उनले भने, ‘मैलै रोक्न खोजे पनि सेनाले मेरो निर्देशन मान्दैन् ।’
जिल्ला खाद्य अधिकार संजाल कञ्चनपुरका अध्यक्ष कोमल निरन्जन भाटले पीडितको खाद्य अधिकार सुनिश्चितमा जोडदिए । ‘खाद्य अधिकारको कोणबाट यो निकुञ्जको कदम उचित छैन्, ‘उनले भने, ‘नागरिकलाई मानव अधिकारबाट बञ्चित गराउनु हुन्न् ।’
निकुञ्ज पीडितले नेपाली काँग्रेसका नेता एव प्रधानमन्त्री शेर बहादुर देउवाका पालामा १६ बर्ष अघि विस्थापित भएको र अहिले पनि उनकै नेतृत्वमा भएको सरकारले पुर्नस्थापनाको गर्नुको साटो उल्टै पीडितलाई तिहारका बेला चर्टर पीडितलाई दमन गर्ने षड्यन्त्र भईरहेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री देउवाले विगतमा आफ्ना पालामा हटाईएका पीडितको स–सम्मान पुर्नस्थापना गर्नुको साटो बनमन्त्रालय मार्फत पीडामाथी पीडा दिएको पीडितको गुनासो छ । विस २०५८ सालमा तत्तकालिन शुक्लाफाँटा आरक्ष विस्तारका क्र्ममा विस्तापित भएका पीडित टहरा बनाएर ढक्का शिबिरमा बस्दै आएका छन् । विस्थापितको पुर्नस्थापनाका लागि अहिलेम्म २९ औँ आयोग बनिसक्दा पनि उनीहरुको पुर्नस्थापना हुन् सकेको छैन् ।
२४ औँ आयोगले २ हजार ४ सय ७३ प्रमाणित गरेका थिए । अस्थिर राजनीतिका कारण पीडितको पुर्नस्थापना हुन नसक्दा उनीहरुको दैनिकी समेत समस्याग्रस्त छ । अहिले पीडितको बस्तीमा सेनाले टेक्टर घेराउ गरेका छन् । भने पीडितले ढक्का चोकमा बसेर सरकारले बिरोध गरेका छन् । तिहारका बेला अप्रिय घटना घटाउन सरकार उद्दत रहेको पीडितको आरोप छ ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...












