सुदूरपश्चिम विश्वविद्यालयमा पन्ध्र आंगिक क्याम्पस बनाउने तयारी
बैतडी, ३० असोज । प्रदेश नम्बर ७ का १५ वटा सामुदायिक क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने तयारी अन्तिम चरणमा पुगेको छ। प्रदेश नं ७ का १५ वटा सामुदायिक क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन लागिएको जयपृथ्वी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख दीपकराज जोशीले बताए।
विश्वविद्यालय अनुदान आयोगले ती सामुदायिक क्याम्पसलाई असोज २५ गते पत्राचार गरेसँगै प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आंगिक क्याम्पसका लागि शिक्षा र अर्थ मन्त्रालयले ४४४ वटा दरबन्दी स्वीकृत गरिसकेपछि मन्त्रिपरिषद्ले आंगिक बनाउने निर्णय गरेको हो।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसका लागि छनोट भएका क्याम्पसमा बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस र मेलौलीस्थित मणिलेक बहुमुखी क्याम्पस, डोटीको उच्चाकोटस्थित सीताराम बहुमुखी क्याम्पस र जोरायलस्थित घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पस, बाजुराको नौबिसेस्थित बडीमालिका क्याम्पस र मार्तडीस्थित बाजुरा क्याम्पस तथा डडेल्धुराको जोगबुढामा रहेको त्रिवेणी बहुमुखी क्याम्पस रहेका छन्।
यस्तै, कैलाली बहुमुखी क्याम्पस धनगढी, टीकापुर बहुमुखी क्याम्पस, अत्तरियाको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस, बझाङको जयपृथ्वी क्याम्पस, दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पस र खलंगास्थित दार्चुला बहुमुखी क्याम्पस तथा अछामको जनता बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने निर्णय गरिएको छ। रासस
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












