विश्वकै नमूना शहर बनाउन भन्दै ठमेलमा कात्तिक ५ गतेदेखि सवारी निषेध
काठमाडौं, ३१ असोज । प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेललाई कात्तिक ५ गतेदेखि सवारी साधनमुक्त क्षेत्र बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा अत्यावश्यक सवारी साधनबाहेक ठमेल क्षेत्रमा अरु सवारी साधनलाई प्रवेशमा कडाइ गरिने जानकारी दिइएको हो ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनालले पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनलाई कडाइ गर्न लागिएको जानकारी दिए । ‘अत्यावश्यक सवारी साधनलाई ठमेलभित्र जान आउनका लागि पासको व्यवस्था गर्न लागेका छौं’, प्रमुख खनालले भने ।
ठमेलभित्र जाने सवारी साधनले त्रिदेवी मार्गबाट मात्र जान पाउने, ट्याक्सी, हाइस, भ्यान, मोटरसाइकललाई जथाभावी रोक्न नदिने, ठमेलभित्रका एकतर्फी बाटोमा रोक्ने सवारी साधनलाई कडाइ गरिने, ठाउँठाउँमा ट्राफिक संकेत राखिने, ठमेलभित्र भएका होटलमा आवश्यकतानुसार सवारी साधनको व्यवस्था गरिने भएको छ ।
यसैगरी ज्याठा मार्ग, त्रिदेवी मार्ग दुईतर्फी हुने, ठँहिटीबाट ज्याठा आउन मोटरसाइकललाई दुईतर्फी गर्ने, वैशाली होटलबाट जाँदा दायाँ मोड्न नपाइने, क्षेत्रपाटीदेखि जेपी मोड हुँदै ठँहिटीसम्म मोटरसाइकललाई दुईतर्फी जान दिने व्यवस्था गरिएको हो ।
महाशाखा प्रमुख खनालले ठमेलभित्र धेरै धुवाँ निकाल्ने सवारी साधन, हर्न बजाउने सवारी साधन र जथाभावी चलाउने सवारी साधनलाई विशेष निगरानी गरी कडा कारबाही गरिने बताए । उनले सवारी साधनको कडाइसँगै यस क्षेत्रमा हुने आपराधिक घटनामा समेत कमी आउने उल्लेख गरे । महाशाखाले ठमेल क्षेत्रलाई विश्वकै नमूना शहर बनाउन विभिन्न समिति बनाएर काम शुरु गरेको छ । ठमेल क्षेत्रमा काठमाडौँ महानगरपालिकाको १६, १७, २६ र २८ वडा पर्छन् । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












