कुलमानको प्लानः आज देशभर बिजुली जोडिएका कुनैपनि घरमा बत्ती ननिभाउने
काठमाडौं, २ कात्तिक । आज देशभर बिजुली नकाटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । नेपालीहरुको दोस्रो महान पर्व दिपावली सुरु भएपछि प्राधिकरणले देशभर लोडसेडिङ नगर्ने भएको हो । गत वर्षको तिहारमा काठमाडौं उपत्यकाको लोडसेडिङ अन्त्य गरेको प्राधिकरणले त्यसको एक वर्षपछि देशैभरको लोडसेडिङ अन्त्य गरेको हो ।
तिहार अन्तर्गत आज लक्ष्मीपूजा, बेलुकी झिलिमिली बनाउन अधिकांश घरमा झिलिमिली बत्ती बाल्ने गरिन्छ । विद्युत् प्राधिकरण भने वर्षमै सबैभन्दा बढी बिजुलीको माग हुने भएकाले आज कुनैपनि हालतमा बत्ती नजाने व्यवस्था गर्न विभिन्न काममा व्यस्त रहेको छ ।
मध्यान्ह भक्तपुर सबस्टेशनमा समस्या आएको खबर पाएपछि प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ आफैं त्यहाँ पुगेर मर्मतको काम गराएका छन् । आजका लागि प्राधिकरणको एउटै लक्ष्य छ, ‘बिजुली जोडिएका कुनैपनि घरमा बत्ती ननिभाउने ।’
त्यसैअनुसार प्राधिकरणले आवश्यक तयारी अन्तिम चरणमा पुर्याएको छ । अपरान्हसम्म सबै व्यवस्थापकीय काम सकेर प्राधिकरण बेलुकीको प्रतिक्षामा रहनेछ । हालसालै सबै जलविद्युत् गृह, सबस्टेसन, प्रसारणलाइन तथा ट्रान्सर्फमरको मर्मत गरिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।
कुनै स्थानमा समस्या आउने बित्तिकै आधा घन्टाभित्रै सम्बन्धित स्थल पुगेर मर्मत गर्न नो-लाइटको ‘प्रोम्प्ट सप्लाई रेसपोन्स टिम’ (पीएसआरटी) पनि तयारी अवस्थामा छ । यो टिम कतै समस्या आए त्यहाँ तुरुन्तै पुग्नेछ ।
लक्ष्मीपूजाको दिन सबैभन्दा बढी विद्युतको माग काठमाडौं उपत्यकामा हुन्छ । काठमाडौंसँगै ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा ३ सय ५० देखि ३ सय ६० मेगावाटसम्म बिजुलीको माग हुने प्राधिकरणको पूर्वानुमान छ । समस्या नआओस् भनेर प्राधिकरणले यस क्षेत्रका सबै सबस्टेसनको मर्मत पनि गरिसकेको छ ।
काठमाडौ केन्द्रका स्युचाटार, बालाजु, बानेश्वर, लैनचौर, टेकु, पाटन, सिंहदरवार, चाबहिल, चपली, मातातीर्थ, बनेपा र पाँचखाल सबस्टेशनलाई चुस्त अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।
गत वर्ष स्युचाटारको भारप्रेषण केन्द्रमा बसेर उपत्यका लोडसेडिङ नगर्ने परीक्षण गरेका प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङ आज पनि मास्टर स्टेशन पुग्नेछन् । विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकको पदमा बसेर काम गर्दै आएका कुलमान आज भने साँझमा भारप्रेषण केन्द्रको इन्जिनियरको भूमिका निभाउनेछन् ।
उनीसँगै प्राधिकरणका उच्च अधिकारीहरु पनि भारप्रेषण केन्द्रमा पुग्नेछन् । विद्युत ब्यापार विभागका प्रमुख रहेका प्रवक्ता अधिकारी भारतबाट आयात हुने विद्युतको लागि भारतका ऊर्जासम्बद्ध विभिन्न कार्यालयसँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।
कुलमान घिसिङ लगायत प्राधिकरणका अधिकारको ध्यान आज जसरी पनि देशभर उज्यालो राख्ने छ । त्यही अनुरुप तयारी गरिरहेका छन् । यदि आजको परीक्षणले काम गर्न सक्यो भने प्राधिकरणले देशभरको लोडसेडिङ आजैदेखि सधैभरको लागि अन्त्य गर्नेछ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












