महिला उम्मेदवारको खडेरी, १११ सिटमा जम्मा ९ महिला नेतृ भिड्दै
काठमाडौं, ६ कात्तिक । दलहरुले आईतबार पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा उम्मेदवारी गराए । नेकपा एमाले, माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धन र कांग्रेस गठबन्धनले निकै तामझामका साथ उम्मेदवारी दर्ता गराए । तर उनीहरुले ९ जना महिलालाई मात्रै टिकट दिए ।
जवकी नयाँ संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेको छ । के दलहरुले प्रत्यक्षतर्फ लड्न सक्ने महिला पाएका होईनन् वा हुँदा हुँदै पनि दिएका होईनन्, यसको जवाफ दलहरुले दिनुपर्ने बेला आउँछ । प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला प्रतिनिधित्व नगराए समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दलहरुलाई आउनेछ ।
आइतबार भएको उम्मेदवारी दर्ताको आधिकारिक विवरण अनुसार प्रतिनिधिसभामा जम्मा तीनजना महिला उम्मेदवार बनेका छन् भने प्रदेशमा ६ महिला उम्मेदवार बनेकी छन् । यो मुख्य प्रतिस्पर्धा हुने मानिएको वाम र कांग्रेस गठबन्धनले उठाएका उम्मेदवारको सूची हो ।
प्रतिनिधिसभामा कांग्रेसबाट दुई महिलाले उम्मेदवारी दर्ता गराएका छन् । खोटाङमा कांग्रेस नेतृ शरस्वती बजिमय र बागलुङ क्षेत्र नम्बर १ मा पूर्वसांसद चम्पादेवी खड्का उम्मेदवार बनेकी छन् । त्यस्तै वाम गठबन्धनबाट माओवादीकी कमला रोक्का पूर्वी रुकुमबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छिन् ।
प्रदेशसभातर्फ वाम गठबन्धनबाट ५ महिला भिड्दै गर्दा कांग्रेसले एक जना मात्र अघि सारेको छ । वाम गठबन्धनबाट एमालेले पूर्वराज्यमन्त्री नरदेवी पुनलाई म्याग्दी ख बाट उम्मेदवार बनाएको छ । त्यस्तै मनाङ ख बाट खण्डा लामा गुरुङ एमालेको उम्मेदवार छिन् ।
माओवादीबाट नुवाकोट १ क मा राधिका तामाङ, गोरखा २ ख मा कमला नहर्की र बझाङ ख बाट देवकी मल्ल उम्मेदवार छिन् । कांग्रेसले लिलादेवी बोखिमलाई ताप्लेजुङ क बाट उम्मेदवार बनाएको छ । पहिलो चरणमा महिला उम्मेदवार संख्या एकदमै न्यून भएपनि दोस्रो चरणको निर्वाचन सहर केन्द्रित हुनेभएपछि त्यसमा पूर्ति गर्नुपर्ने हुन्छ । अन्यथा समानुपातिकबाट भएपनि महिलाको पूर्ति गर्नुपर्ने अवस्था आउन सक्छ ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












