चिनियाँ ठेकेदारको बदमासीपछि टनकपुरबाट थप ४० मेगावाट विद्युत् ल्याईने
काठमाडौं, १० कात्तिक । नेपाल विद्युत प्राधिकरणले भारत थप विद्युत ल्याउने तयारी गरेको छ । पश्चिम क्षेत्रमा देखिएको लोडसेडिङको समस्या समाधान गर्न प्राधिकरणले भारतको टनपुरबाट थप ४० मेगावाट विद्युत ल्याउने तयारी गरेको हो । त्यसको लागि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आज भारत जाने भएका छन् ।
कुलमानले भारतमा रहँदा भारतीय विद्युत अधिकारीसँग थप विद्युत आयातका विषयमा वार्ता गर्नेछन् । ढल्केबरमा सवस्टेशन निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदारको बदमासीका कारण समस्यामा परेपछि प्राधिकरण थप विद्युत् आयातका लागि टोली भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्न लागेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रवक्ता प्रबल अधिकारी र लेखा शाखाका प्रमुख समेत रहेका उपकार्यकारी निर्देशक लेखनाथ कोइराला नयाँ दिल्ली जान लागेका हुन् । चिनियाँ ठेकेदारको बदमासीका कारण आगामी हिउँदमा ढल्केबर सवस्टेशनबाट थप विद्युत् आयात हुन नसकेपछि टनकपुर मार्गलाई वैकल्पिक स्रोतको रुपमा प्रयोग गर्न लागिएको हो ।
प्राधिकरणको कार्य तालिकाअनुसार यसै महिना ढल्केबर सवस्टेशनको काम सम्पन्न हुने थियो । ढल्केबर– मुजफ्फरपुर अन्तरदेशिय प्रसारण लाइनलाई २२० केभीमा चार्ज गरेर सोही प्रसारण लाइन मार्फत २०० मेगावाट विद्युत् आयात गर्ने तयारीमा प्राधिकरण थियो । सो प्रसारण लाइनबाट विद्युत् आयात गरेपनि नगरेपनि प्राधिकरणले वार्षिक १ अर्ब रकम प्रसारण शुल्कवापत तिर्नुपर्नेछ । हाल सो प्रसारण लाइनबाट १४५ मेगावाट विद्युत् आयात भइरहेको छ ।
सवस्टेशन सकिएको भए सोही प्रसारण लाइनबाट सस्तो मूल्यको विद्युत् आयात गर्न प्राधिकरणलाई सहज हुने थियो । सो प्रसारण लाइनबाट विद्युत् आयात गर्दा प्रतियुनिट रु ८.८८ मात्रै पर्दथ्यो । सवस्टेशनको काम नै नसकिएपछि प्राधिकरणले टनकपुरमा १०० एमभीएको ट्रान्सफर्मर राखेर थप ४० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको हो ।
बिहिबार मात्रै प्राधिकरण र भारतको पावर टे«ड कर्पोरेशनसँग ४० मेगावाट विद्युत् आयातको सम्झौता नविकरण गरिएको छ । टनकपुरमा रहेको प्राधिकरणको सवस्टेशनको स्तारोन्नती गरेर ८० मेगावाट विद्युत् आयात गर्ने योजना प्राधिकरणको छ ।
Comments
अरु समाचार
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












