UPDATE: स्थानीय प्रशासनद्धारा झापाको बिर्तामोडमा अनिश्चितकालीन कर्फ्यू जारी
झापा, १० कात्तिक । बालक हत्याविरुद्धको र्यालीमा प्रहरीले गोली चलाएपछि झापाको जनजिवन प्रभावित बनेको छ । प्रहरीले बल प्रयोग गरेको भन्दै स्थानीयले विरोध प्रदर्शनलाई व्यापक बनाएपछि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाले मुक्तिचोकको आसपास दुई किलोमिटर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको हो ।
पूर्वतर्फ बिर्तामोड बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिण तर्फ बिर्ता बजारलाई निषेधित क्षेत्र घोषणा गर्दै अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
अर्जुनधारा नगरपालिका ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कारवाहीको माग गर्दै बिर्तामोडमा निकालिएको र्यालीमा प्रहरीले हस्तक्षेप गरेपछि तनाव भएको हो । लक्ष्मणको हत्या भएको एक महिना बित्नै लाग्दा पनि प्रशासनले हत्यारालाई पक्रिन नसकेको भन्दै परिवार, आफन्त र स्थानीयबासिन्दाले बिर्तामोड बजार बन्द गराएर र्याली निकालेका थिए । र्यालीमा प्रहरीले हस्तक्षेप गरेपछि ढुङ्गामुढा भएको थियो ।
शान्तिपूर्ण आन्दोलनमा उत्रेका सर्वसाधारणमाथि प्रहरीले लाठी तथा अश्रुग्यास प्रहार गर्न थालेपछि सर्वसाधारणले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले गोली प्रहार गर्न सुरु गरेको हो। तर, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विष्णुकुमार केसीले भीडलाई तितरवितर गर्न अश्रुग्यास मात्र प्रहार गरेको बताएका छन् ।
दशैंको टीकाको दिन बेपत्ता भएका शिवाकोटीको शव त्यसको भोलिपल्ट अर्जुनधारा ५ को धानबारीमा फेला परेको थियो । बिर्तामोड ५ का सुरेस पोखरेल लगायतले हत्या गरेको भन्दै मृतकका काका बिष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठ जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । प्रहरीले हत्यारालाई कार्वाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले विरोध प्रदर्शन गरेका हुन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












