महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप एशियाली छनौट खेल्न २२ नेपाली खेलाडी छनौट
काठमाडौं, १० कात्तिक । महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एशियाली क्षेत्रको छनौटका लागि २२ महिला खेलाडीको छनोट गरिएको छ । तीन दिनसम्म कीर्तिपुर मैदानमा भएको प्रतियोगिताबाट २२ जना खेलाडी छनौट गरिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमटा, महिला राष्ट्रिय क्रिकेट टिमका प्रशिषक सामसोन जङ थापा, कप्तान रुबिना क्षेत्री र आइसिसीका प्रतिनिधि अमिनुयल इस्लाम सम्मिलिट टोलीले २२ खेलाडी छानेको हो । छनौट भएका खेलाडीमा सीता रानामगर, ज्योती पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु वर्मा करुणा भण्डारी र सोनु खड्का छन् ।
त्यस्तै शोभा आले, नितु भण्डारी, अलिशा क्षेत्री, कविता कुँवर, विनु बुढामगर, सरस्वती चौधरी लक्ष्मी चौधरी, रितु कनौजिया, संगिता राई, काजोल श्रेष्ठ, रेखा रावल र शबनम राई रहेका छन् । यी २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर अन्तिम टोली घोषणा गरिने छ ।
महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एशियाली क्षेत्रको छनौट आउँदो महिना थाइल्याण्डमा हुँदैछ । नेपालसहित चीन, हङकङ, थाइल्याण्ड र युएई रहेको एशियाली क्षेत्रको छनौट प्रतियोगिताको विजेता टोलीले आउँदो वर्ष नेदरल्याण्ड्समा हुने महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको छनौट खेल्न पाउने छ । बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड र युगान्डा ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको छनौटका लागि छानिइसकेका छन् ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












