महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप एशियाली छनौट खेल्न २२ नेपाली खेलाडी छनौट
काठमाडौं, १० कात्तिक । महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एशियाली क्षेत्रको छनौटका लागि २२ महिला खेलाडीको छनोट गरिएको छ । तीन दिनसम्म कीर्तिपुर मैदानमा भएको प्रतियोगिताबाट २२ जना खेलाडी छनौट गरिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमटा, महिला राष्ट्रिय क्रिकेट टिमका प्रशिषक सामसोन जङ थापा, कप्तान रुबिना क्षेत्री र आइसिसीका प्रतिनिधि अमिनुयल इस्लाम सम्मिलिट टोलीले २२ खेलाडी छानेको हो । छनौट भएका खेलाडीमा सीता रानामगर, ज्योती पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु वर्मा करुणा भण्डारी र सोनु खड्का छन् ।
त्यस्तै शोभा आले, नितु भण्डारी, अलिशा क्षेत्री, कविता कुँवर, विनु बुढामगर, सरस्वती चौधरी लक्ष्मी चौधरी, रितु कनौजिया, संगिता राई, काजोल श्रेष्ठ, रेखा रावल र शबनम राई रहेका छन् । यी २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर अन्तिम टोली घोषणा गरिने छ ।
महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एशियाली क्षेत्रको छनौट आउँदो महिना थाइल्याण्डमा हुँदैछ । नेपालसहित चीन, हङकङ, थाइल्याण्ड र युएई रहेको एशियाली क्षेत्रको छनौट प्रतियोगिताको विजेता टोलीले आउँदो वर्ष नेदरल्याण्ड्समा हुने महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको छनौट खेल्न पाउने छ । बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड र युगान्डा ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको छनौटका लागि छानिइसकेका छन् ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












