छठ मनाएर घर पनि पुग्न पाएनन्, एकै परिवारका चार जना भए दैवका प्यारा
सप्तरी, १२ कात्तिक । धादिङको गजुरीमा शनिबार बिहान भएको बस दुर्घटनामा जिल्लाकै २५ जनाको मृत्यु भएपछि सप्तरी शोकमग्न बनेको छ । मिथिला क्षेत्रको महत्वपूर्ण पर्व छठ मनाएर फर्किएका आफन्त दुर्घटनामा परेको खबरसँगै सप्तरी आँसुमा डुबेको हो ।
दुर्घटनामा तिलाठी कोइलाडी गाउँपालिका १, तिलाठीका मात्रै एकै परिवारका चार जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता छन् । गाउँमा बिहानैदेखि रुवाबासी छ । पण्डित रमानाथ झाका जेठा छोरा सञ्जित, कान्छा छोरा अञ्जित, सञ्जितकी श्रीमती सिमी, उनका छोरा नौ वर्षीय अभिनवको मृत्यु भएको हो ।
सञ्जितका कान्छा छोरा तीन वर्षीय प्रतीक झा बेपत्ता छन् । परिवारै दुर्घटनामा परेको खबरले ९० वर्षीय रमानाथ र ८० वर्षीया निर्मला बेहोस छन् । निर्मलालाई सलाइन पानी चढाइएको छ । उनीहरूलाई छोरा, बुहारी र नातिहरू घाइते भएको मात्र जानकारी दिइएको छ ।
यसैगरी, सञ्जितका साला राजविराज-१६ का बिटु भनिने अनुज झा र ठूली सासूआमा चन्द्रावती झाको समेत ज्यान गएको छ । सञ्जितकी साली पूजाकुमारी झा अझै बेपत्ता छिन् । सञ्जित नेपाल बैंक लिमिटेड चाबहिल शाखामा सातौं तहमा कार्यरत थिए भने अञ्जित शिक्षण पेसामा आबद्ध थिए ।
यसैगरी, बोदे बर्साइन नगरपालिका-३, मानराजाका शिक्षक चतुरनारायण प्रमाणीका छोरीहरू चन्द्ररेखा, चन्द्रलेखा, चित्ररेखा र चित्रलेखाको ज्यान गएको छ । काठमाडौंमा अध्ययनरत उनीहरू सप्तरीको विसनपुर चोकबाट बस चढेका थिए । चतुरनारायण काभ्रेमा शिक्षण पेसामा छन् ।
यस्तै, अग्निसाइर कृष्णसबरन गाउँपालिका-४, बनौलीका योगेन्द्र यादवकी श्रीमती सुधिरा र छोरी पाँच वर्षीया समीक्षाको मृत्यु भएको योगेन्द्रका भान्जा विद्यानन्द बेदर्दीले जानकारी दिएका छन् ।
सैनिक मुख्यालयमा इन्जिनियर पदमा कार्यरत राजविराज-१३ का ऋषि आनन्द देव, बोदे बर्साइन-२ का आदित्य यादव, आशिकीकुमारी यादव, समीक्षाकुमारी यादव, बोदे बर्साइन-३ की मानवी यादव, बोदे बर्साइन-२ का सुरेन्द्र चौधरी, पशुपति चौधरी, शम्भुनाथका सुदीप चौधरी, राजविराज-१४ का आदित्य झा, बसका सहचालक राजविराज-१५ का नरेश मुखिया, नेंगडाका पार्वती चौधरी, सुशान्त चौधरी, नर्घो-३ का रामानन्द यादव, महदेवा-९ का प्रमोद इसरको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
संयुक्त रात्रिबस बुकिङ काउन्टर राजविराजका दिनेश गुप्ताका अनुसार राजविराजबाट १५ जना, बिसनपुरबाट १० जना र लहानबाट सात जना यात्रु बसमा सवार थिए । ३१ सिट क्षमता भएको बसमा ५० जनाभन्दा बढी यात्रु रहेको घाइतेले बताएका छन् ।
बुकिङ काउन्टरबाट ३२ जनाको टिकट काटिए पनि बीच बाटोबाट दुई दर्जनभन्दा बढी यात्रु चढाएको र तीव्र गतिका कारण दुर्घटना भएको घाइते राजविराजका सुरेन्द्र यादवले बताए ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











