भोजपुरमा बालिका बलात्कारपछि आँखा झिकेर हत्याको प्रयास, कहाँ गए अधिकारकर्मी ?
भोजपुर, १३ कात्तिक । भोजपुरमा एक बालिकाको बलात्कारपछि हत्या प्रयास भएको छ । दक्षिण आम्चोक गाउँपालिका ९ दुम्मानाका १४ वर्षीया बालिकालाई कात्तिक ११ गते स्थानीय सन्तोष श्रेष्ठले बलात्कार गर्दै हत्या प्रयास गरेका हुन् । स्थानीय एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत श्रेष्ठले बलात्कारपछि बिकको आँखा झिकेर हत्या गर्ने प्रयाससमेत गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
सामाजिक तथा आर्थिक रुपमा पछाडि परेकी पीडित बालिका अचेत अवस्थामा स्थानीयले भेटेपछि आर्थिक संकलन गरेर गाउँलेको पहलमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगेर उपचार गराइरहेको भोजपुरका प्रहरी प्रमुख डीएसपी दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए । बलात्कार आरोपित सन्तोष श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रमुख डीएसपी थारुले बताए ।
गरिब भएकै कारण उपचार गराउन अस्पतालको आनाकानीः
अत्यन्तै गरिब परिवारकी बालिकाको उपचार गर्न धरानस्थित वी.पी. कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानले आनाकानी गरेको थियो । घटना भएको लामो समयपछि अस्पत्तालले उनको उपचार गर्न नमानेको स्थानीयले बताएका छन् । अस्पतालमा उपचार गर्ने पैसा नहुँदा अस्पताले उपचार गर्ने नमानेको र उपचारमा डाक्टरले ढिला सुस्ती गरेको गुनासो आफन्तहरुले गरेका छन् ।
आइतबार विहान चार बजे वी.पी. कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा बालिकालाई उपचारको लागि ल्याए पनि अस्पतालले आनाकानी गरेपछि दिउँसो ४ बजेसम्म उनको उपचार हुन सकेको थिएन् । पछि विभिन्न पार्टीका नेताहरु तथा अधिकारकर्मीहरुको पहलमा अस्पत्तालले उनको उपचार गर्न मानेको नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य तथा दलित अधिकारकर्मी दलमर्दन कामीले जानकारी दिए । अस्पतालको ढिलासुस्तीकै कारण अब बालिकाको आँखा फाल्नुपर्ने अवस्था आएको उनको भनाई छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












