एमाले-माओवादीबीच प्रदेश २ मा सिट बाँडफाँटः एमालेलाई र १३ माओवादीलाई १५
काठमाडौं, १३ कात्तिक । एमाले र माओवादी केन्द्रले प्रदेश नम्बर २ मा प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँड गरेका छन् । स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको नेकपा एमालेले २ नम्बर प्रदेशमा माओवादी भन्दा कम सीट पाएको छ ।
दुई नम्बर प्रदेशको स्थानीय तहमा एमालेभन्दा बढी स्थान विजयी भएको माओवादी केन्द्रले १५ सीट पाएको छ । एमालेले भने १३ सीटमा चित्त बुझाएको छ । कार्यदल स्तरमा भएको छलफललाई शीर्ष नेताहरुले टुंगो लगाएको माओवादी नेता मातृका यादवले जानकारी दिए ।
२ नम्बर प्रदेशमा प्रतिनिधिसभाका ३२ र प्रदेशसभाको ६४ सिट छन् । वाम गठबन्धनमा आवद्ध एमालेले प्रतिनिधिसभाका १३ र प्रदेशसभाका ३० सिट पाएको छ । त्यस्तै माओवादी केन्द्रले भने प्रतिनिधिसभाको १५ सिट पाउँदा प्रदेशमा २८ सिट पाएको छ ।
प्रदेशसभाका २ सिटबारे छलफल चलिरहेको छ । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभाको दुई सिट कसले लिने भन्ने तय भइनसकेको नेता यादवको भनाई छ ।
साथै पर्साको प्रतिनिधिसभाको सिट साट्नेबारे पनि एमाले र माओवादीबीच छलफल जारी छ । शीर्षतहमा भएको सहमतिअनुसार क्षेत्र नम्बर २ एमाले र ३ माओवादीको भागमा परेको छ । तर, स्थानीय स्तरबाट भने २ माओवादी र ३ एमालेले लिनुपर्ने राय आएको र छलफल भइरहेको हो ।
वाम गठबन्धनले सिट बाँटफाँटमा धनुषा क्षेत्र नम्बर ३ स्वतन्त्रलाई छाडेको छ । यहाँ नेपाली कांग्रेसबाट पूर्वगृहमन्त्री विमलेन्द्र निधि उम्मेदवार बन्दैछन् । यस्तै महोत्तरी २, सप्तरी ४ र सर्लाहीको निर्वाचन क्षेत्र नम्बर २ मा पनि स्वतन्त्रलाई दिइएको छ ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












