पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता, देउवाको निर्देशनपछि निगमलाई २२ करोड घाटा
काठमाडौं, १६ कात्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा निगमले मूल्यवृद्धि फिर्ता लिएको हो ।
पेट्रोलियम पदार्थको कारोबार हिजोकै मूल्यमा भईरहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । निगमले यसअघिकै मूल्यमा पेट्रोलियम पदार्थको कारोबार गर्न सम्बन्धित पक्षलाई आग्रह समेत गरेको छ ।
चुनावको मुखमा मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री असन्तुष्ट रहेका थिए । उनले तत्काल मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएलगत्तै निगमले पुरानै मूल्यमा कारोबार हुने बताएको हो । निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ भाउ बढाएको थियो ।
मूल्यवृद्धि फिर्ता लिने प्रधानमन्त्रीको निर्देशनप्रति निगमले भने असन्तुष्टि जनाएको छ । अन्तर्राष्ट्रिय बजारका आधारमा मूल्य समायोजना गरिँदै आएको हुनाले यसलाई फिर्ता लिने प्रधानमन्त्रीको निर्देशन नाजायज भएको नियमका एक अधिकारीले बताए । मूल्य घटाउने प्रधानमन्त्रीको निर्देशनले निगमलाई २२ करोड घाटा हुने निगमले जनाएको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












