कमलादी गोलीकाण्डमा आरोपी भारतीय प्रहरी, गोली यसरी चलेको थियो
काठमाडौं, १६ कात्तिक । बुधबार साँझ काठमाडौँको कमलादी क्षेत्रमा भएको गोलीकाण्डमा नयाँ ट्वीस्ट आएको छ । प्रहरीले पेस्तोल र ठूलो मात्रामा गोली गठ्ठासहित पक्राउ गरेको दुई जना भारतीय नागरिक अन्ततः भारतीय प्रहरी भएको खुलेको छ । उनीहरुको साथबाट प्रहरीले भारतीय प्रहरीको परिचयपत्र फेला पारेको हो ।
पछिल्लो समय भारतीय सुटरहरु नेपालमा पक्राउ पर्ने क्रम बढेकाले प्रहरीले उनीहरुलाई आपराधिक गिरोहकै सदस्य रहेको अनुमान गरेको थियो । तर, उनीहरुसँग प्रहरीको परिचयपत्र भेटिएपछि घटनाले नयाँ मोड लिएको छ । दुवैलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त राखिएको थियो ।
अहिले नेपाल प्रहरीको डिआइजीको कमाण्डमा रहने विशेष व्युरोले घटनाको अनुसन्धान शुरु गरेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुले प्रयोग गर्ने पेस्तोल समेत भारतीय रक्षा मन्त्रालय अन्तर्गतको कारखानाबाट उत्पादीत भएको पाइएको छ ।
‘सिआईबीका हौँ’ भन्दै डान्स क्लबमा धम्क्याउँदा गोली चल्योः
भारत पन्जाबका जसवीर सिंह र हरदेवेन्द्र सिंह कमलादीस्थित दिल कुमार लामाको ज्याक ड्यानियल डान्स क्लबमा पुगेका थिए । त्यहाँ उनीहरुले दुई जना युवतीसँग बसेर रक्सी पिएका थिए । पछि पैसा तिर्ने बेला उनीहरुको बिल रकमको विषयमा क्लबका कर्मचारीसँग वादविवाद भएको थियो ।
बारका कर्मचारी अनुसार उनीहरुले वादविवादको क्रममा ‘हामी भारतीय सिआईबीको मान्छे’ भन्दै थर्काएका थिए । तर, बाउन्सहरुले प्रहरी भए पनि पैसा तिर्न धम्काएका थिए । लगत्तै उनीहरुले पेस्तोल झिकेर गोली फायर गरी त्यहाँबाट भागेका थिए । उनीहरु भागेको केही बेरमा नै प्रहरीले पक्राउ गरेको थियो ।
दुवैलाई पक्राउ गरेपछि प्रहरीले सोधपुछ गर्दा उनीहरुले आफूहरु भारतको पञ्जावबाट आएको बताएका थिए । दुवै रक्सौल हुँदै मंगलबार काठमाडौँ आइपुगेका थिए । काठमाडौँ आएर उनीहरु हेरिटेज प्लाजामा बसेका थिए । प्रहरीले उनीबाट भारतीय रक्षा मन्त्रालयको राइफल फ्याक्ट्रीबाट उत्पादीत पेस्तोल बरामद गरेको छ भने ५१ राउण्ड गोली पनि बरामद गरेको छ । होटलमा प्रहरीले उनीहरुसँग पिबी १० एफएस ७४४९ नम्बरको कार समेत फेला पारेको थियो ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...












