धुर्मुस-सुन्तली फाउण्डेसनलाई एनआरएनए नर्वेद्वारा १ लाख ४० हजार सहयोग
काठमाडौं, २० कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेले एकीकृत नमूना वस्ती निर्माण गरिरहेको धुर्मुस(सुन्तली फाउण्डेसनलार्इ आर्थिक सहयोग गरेको छ । कल्याणकारी कार्यका लागि संकलन गरेको एक लाख ४० हजार ७८० रूपैयाँ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट र एनसीसी बेल्जियमका उपाध्यक्ष योगिता थापाले संयुक्त रुपमा फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरेका हुन् ।
उक्त रकम रौतहटको सन्तपुरमा निर्माणाधिन एकीकृत नमूना वस्तीमा उपयोग गरिने छ। एकीकृत वस्तीको निर्माण लागत करिब ६ करोड रहेको फाउण्डेसनका अध्यक्ष कट्टेलले जानकारी दिए।
उनले गैरआवासीय नेपाली संघले सहयोग गरेकोमा हार्दिक आभार प्रकट गर्दै थप सहयोगको अपेक्षा पनि गरे। प्रति उत्तरमा संघका अध्यक्ष भट्टले धुर्मुस सुन्तली फाउण्डेसनले संचालन गरेका परोपकारी कार्यको प्रशंसा गर्दै यस्ता परोपकारी कार्यमा संघको सदैव सहयोग रहने विश्वास दिलाए।
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











