हत्या आरोपी चारजनालाई हेलिकोप्टरबाट सदरमुकाम ल्याइयो
गोरखा, २२ कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २६ वर्षीया कुन्साङ विकलाई धारिलो हतियार प्रहार गरी हत्या गर्न संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरी हेलिकोप्टरमार्फत सदरमुकाम ल्याएको छ ।
गत कात्तिक १८ गते बेलुकी बालबच्चासहित घरमा रहेकी कुन्साङलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । मुख र टाउकोमा चोट लागेकी कुन्साङको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा संलग्न रहेका फरार थिए ।
प्रहरीले १८ वर्षीय तेन्जिङ् रिङ्जिङग लामा, २६ वर्षीय छेराङ रिङ्जिङग लामा, १९ वर्षीय सोनाम ग्याल्जिङ लामा, २२ वर्षीय सोनाम ग्याल्जिङ लामालाई पक्राउ गरी हेलिकोप्टरमार्फत मंगलबार सदरमुकाम ल्याएको हो भने मुख्य योजनाकार छेताक ग्याल्जिन लामा फरार छन् ।
प्रहरी उपरीक्षक प्रकाश अधिकारीका अनुसार हेलिकोप्टरको भाडा सरकारले बेहोर्नेछ भने घटनामा संलग्न रहेका मुख्य योजनाकार लामाको खोजी भइरहेको छ । पक्राउ परेकाविरुद्ध कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटनास्थल गोरखा सदरमुकामबाट चारदिन पैदल दूरीमा पर्ने भएकाले हेलिकोप्टरबाट आरोपी ल्याउनुपरेको हो । कुन्साङको शवलाई परीक्षण गरी परिवारको जिम्मा लगाइएको छ । रासस
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












