हतियार लिएर हिडिरहेको अवस्थामा उम्मेदवार पक्राउ
जनकपुरधाम, २४ कात्तिक । स्थानीय तहको निर्वाचनमा उम्मेदवार रहेका दुई जनासहित अन्य व्यक्तिलाई विभिन्न अपराधमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ । धनुषा जिल्ला प्रहरी कार्यालयद्वारा आज पक्राउ गरी सार्वजनिक गरिएकामध्ये एकजना स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट नगरपालिकाको प्रमुख पदका उम्मेदवार र अर्को नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका थिए ।
पक्राउ भएकामध्ये धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका सोही नगरपालिका–३ बस्ने ५० वर्षीय कालसियादेवी महरालाई धनुषा जिल्लाको सबैला नगरपालिका वडा नंं १३ स्थित कमला नदीको किनारको ढोलबजा भन्ने स्थानबाट ठूलो मात्रामा लागुपदार्थ लुकाइछिपाइ बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ ।
सोही कारोबारमा संलग्न गणेशमान चारनाथ नगरपािलका–३ का २४ वर्षीय देवेन्द्र महरा र सोही वडाका ४३ वर्षीय रामअवतार महरालाई पनि पक्राउ गरिएको छ । पक्राउ गरिएकाबाट १० किलो गाँजा ९३ पोका०, मोबाइल दुई थान र सीमकार्ड दुई थान बरामद गरिएको छ ।
त्यस्तै स्थानीय तहको निर्वाचनमा नेपाली काँगे्रसका तर्फबाट धनुषा जिल्ला नगरपालिका–८ को वडाध्यक्ष पदका उम्मेदवार रहेका ५७ वर्षीय सकुर मियाँलाई अबैधरूपले हातहतियार लिएर हिडिरहेको अवस्थामा पक्राउ गरिएको छ ।
प्रहरी उपरीक्षक चक्रबहादुर सिंहकाअनुसार मियाँबाट एक थान कटुवा पेस्तोल , एसएल, आरमा प्रयोग हुने गोली तीन राउण्ड, मोबाइल दुई थान, सीमकार्ड दुई थान र ज ८ प ५०९६ नं। को डिस्कभर मोटरसाइकल एक थान बरामद गरिएको छ । सोही अभियोगमा सबैला नगरपालिका–४ का २० वर्षीय अनिल पासवानलाई पनि पक्राउ गरी सार्वजनिक गरिएको छ । रासस
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












