हतियार लिएर हिडिरहेको अवस्थामा उम्मेदवार पक्राउ
जनकपुरधाम, २४ कात्तिक । स्थानीय तहको निर्वाचनमा उम्मेदवार रहेका दुई जनासहित अन्य व्यक्तिलाई विभिन्न अपराधमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ । धनुषा जिल्ला प्रहरी कार्यालयद्वारा आज पक्राउ गरी सार्वजनिक गरिएकामध्ये एकजना स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट नगरपालिकाको प्रमुख पदका उम्मेदवार र अर्को नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका थिए ।
पक्राउ भएकामध्ये धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका सोही नगरपालिका–३ बस्ने ५० वर्षीय कालसियादेवी महरालाई धनुषा जिल्लाको सबैला नगरपालिका वडा नंं १३ स्थित कमला नदीको किनारको ढोलबजा भन्ने स्थानबाट ठूलो मात्रामा लागुपदार्थ लुकाइछिपाइ बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ ।
सोही कारोबारमा संलग्न गणेशमान चारनाथ नगरपािलका–३ का २४ वर्षीय देवेन्द्र महरा र सोही वडाका ४३ वर्षीय रामअवतार महरालाई पनि पक्राउ गरिएको छ । पक्राउ गरिएकाबाट १० किलो गाँजा ९३ पोका०, मोबाइल दुई थान र सीमकार्ड दुई थान बरामद गरिएको छ ।
त्यस्तै स्थानीय तहको निर्वाचनमा नेपाली काँगे्रसका तर्फबाट धनुषा जिल्ला नगरपालिका–८ को वडाध्यक्ष पदका उम्मेदवार रहेका ५७ वर्षीय सकुर मियाँलाई अबैधरूपले हातहतियार लिएर हिडिरहेको अवस्थामा पक्राउ गरिएको छ ।
प्रहरी उपरीक्षक चक्रबहादुर सिंहकाअनुसार मियाँबाट एक थान कटुवा पेस्तोल , एसएल, आरमा प्रयोग हुने गोली तीन राउण्ड, मोबाइल दुई थान, सीमकार्ड दुई थान र ज ८ प ५०९६ नं। को डिस्कभर मोटरसाइकल एक थान बरामद गरिएको छ । सोही अभियोगमा सबैला नगरपालिका–४ का २० वर्षीय अनिल पासवानलाई पनि पक्राउ गरी सार्वजनिक गरिएको छ । रासस
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...












