कञ्चनपुरमा वाम गठबन्धनलाई झट्काः दुई राप्रपाले कांग्रेसलाई सहयोग गर्ने
कञ्चनपुर, २६ कात्तिक । आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) कञ्चनपुरले नेपाली कांग्रेसका प्रत्यक्षतर्फका उम्मेदवारलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
तीन दलले शनिबार बेलुका भीमदत्तनगरमा संयुक्त पत्रकार सम्मेलन गरी कञ्चनपुरमा नेपाली कांग्रेससहित तीन राजनीतिक शक्तिबिच चुनावी एकता भएको उद्घोष गरेका छन् । राप्रपाका नेताहरुले प्रत्यक्षतर्फका कञ्चनपुर कांग्रेसका तीनवटै प्रतिनिधिसभा सदस्य र ६ वटै प्रदेशसभाका सदस्यलाई सहयोग गर्ने बताएका छन् । “हामी वडास्तरसम्म संयुक्त समन्वय समिति गठन गरेर चुनावीसभादेखि घरदैलोसम्म गर्छौं ।” राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले भन्नुभयो, “जिल्लामा निर्वाचन परिचालन समितिसमेत बन्नेछ ।”
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउदले दुई राप्रपाको सहयोग निर्णायक हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले वाम गठबन्धनले कञ्चनपुरमा उम्मेदवार छनौटमा यहाँका थारु समुदायलाई उपेक्षा गरेको भन्दै कांग्रेसले सबै पक्षलाई समेटेर उम्मेदवारी दिएको बताउनुभयो ।
त्यसैगरी नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले निर्वाचनअघि नै देशमा चुनावी तालमेल भएर नयाँ अभ्यास सुरु भएको बताउनुभयो । उहाँले संविधान कार्यान्वयन नहुँदै वाम गठबन्धनले संविधान परिवर्तन गर्न खोजिरहेको आरोप लगाउनुभयो । रासस
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












