देवी ज्ञवालीले बिक्रम पाण्डेलाई ठेकेदारले चितवनको मुहार फेर्दैन भनेपछि
चितवन, २६ कात्तिक । यतिबेला एमाले नेता देवी ज्ञवाली चर्चा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिताउन चुनावी अभियानमा सक्रिय रहेका ज्ञवाली चर्चामा रहेका हुन् । ज्ञवाली यतिबेला चितवन–३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जिताउन चुनावी प्रचार प्रसारमा व्यस्त छन् ।
प्रचार प्रसारकै क्रममा ज्ञवालीले प्रचण्डले जित हासिल गरेपछि प्रतिद्धन्दी राप्रपा (प्रजातान्त्रिक) का बिक्रम पाण्डेलाई निर्माण कामको ठेक्का पारिदिनुपर्ने बताएका छन्। पाण्डे राजनीतिज्ञको साटो ठेकेदार भएको बताउँदै ज्ञवालीले चितवन–३ को मुहार फेर्न प्रचण्डलाई विजयी गराउनुपर्ने बताएका हुन्।
ठेकेदारबाट चितवनको विकास हुन सक्दैन, चितवनको मुहार फेर्ने हो भने प्रचण्डले जित्नुपर्छ’ चितवन–२ मा पर्ने मंगलपुरमा आइतवार आयोजित घरदैलो र चुनावी सभालाई सम्बोधन गर्दै ज्ञवालीले भने, ‘बिक्रम दाई ठेकेदार हो। त्यसैले कमरेड प्रचण्ड, तपाईंले विजय हासिल गरेपछि उहाँलाई ठेक्का पारिदिने काम चाहिँ गरिदिनु होला।’
पाण्डेको राजनीतिमा आगमन ठेक्कापट्टाको विकृत रुप भएको दावी ज्ञवालीले गरे। ‘एउटा गुण्डा पैसा कमाउन ठेकेदारको पछि लाग्छ, पछि त्यही गुण्डा आफै ठेकेदार हुन्छ र ठेक्का पार्छ, जव ठेक्का पार्न राजनीतिक पहुँच आवश्यक ठान्छ, उ राजनीतिमा आउँछ र चुनाव लड्छ’ पाण्डेको नामै किटेर ज्ञवालीले भने, ‘संयोग नै मान्नुपर्छ, बिक्रम दाई पनि त्यसरी नै राजनीतिमा आउनु भएको छ।’
पाण्डे वर्तमान सरकारका वन मंत्री हुन।कार्यक्रममा चितवन-३ मा स्वतन्त्र उम्मेद्वारी दिएका हरिप्रसाद दाहालले आफ्नो उम्मेद्बारी फिर्ता लिएर प्रचण्डलाई समर्थन गरेको घोषणा गरेका छन्।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












