देश विकासको लागि भन्दै ‘सिएनएन हिरो’ अनुराधा कोइराला कांग्रेसमा प्रवेश
काठमाडौं, २६ कात्तिक । ‘सिएनएन हिरोु बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्। चेलीबेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइराला ‘सिएनएन हिरोु बाट सम्मानित भएकी थिईन् । कोईरालालाई आइतबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गरेका हुन्।
मुलुकको आर्थिक वृद्धि र समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएको बताउदै पार्टी प्रवेश गरेकी बताएकी छन् । ‘सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजान सक्ने कांग्रेस मात्रै हो’ कोइरालाले पार्टी प्रवेशपछि भनिन्, ‘लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ ।’
कोइरालाले लोकतन्त्र बाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्वीकार नगर्ने दावी गर्दै लोकतन्त्रलाई थप मजबुत गराउन कांग्रेसको विजय अनिवार्य भएको बताईन्। उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई मतदान गर्नसमेत अपिल गरिन्। सामाजिक क्षेत्रमा सक्रिय कोइरालाले महिला, दलित, जनजाति, मधेसी लगायत विभिन्न पिछडिएका क्षेत्रको अधिकार स्थापित गर्न कांग्रेसको विकल्प नरहेको बताईन्।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












