केपी ओलीले झापामा अड्डा जमाएको २४ घण्टामा ७ हजार बढी एमालेमा भित्र्याए
झापा, २७ कात्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी अभियान तिब्र पारिरहेका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बनेका ओली चुनावी प्रचार प्रसारमा व्यस्त रहेका हुन् । अहिले ओलीले दिनहुँ ५–७ ठाउँमा कार्यक्रम गरिरहेका छन् ।
ओलीले जुन दिन जहाँ कार्यक्रमको आयोजना गर्छन्, त्यहा संयौंको संख्यामा अन्य पार्टीका नेता कार्यकर्ता एमालेमा प्रवेशे गर्दै आएका छन् । अर्को अर्थमा भन्नुपर्दा अरु दलका नेताहरुलाई आफ्ना कार्यकर्ताको रक्षा गर्न नै धौ–धौ परेको छ । केपी ओली अहिले झापामा अड्डा जमाएरै बसेका छन् ।
हरेक दिन ५–७ ठाउँमा कार्यक्रम गरेर सयौँको संख्यामा अरु दलमा रहेका नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराईराखेका छन् । ओलीका २४ घण्टाभित्रका गतिविधि मात्र हेर्दा ७ हजार भन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा भित्र्याईसकेका छन् ।
ओलीले अहिले झापामा अरु दलका कार्यकर्ताहरु एमालेमा प्रवेश गराईराखेका छन् । झापाको बालुबथानमा पनि ओलीले यसैगरी पार्टी प्रवेश गराएका थिए । झापा क्षेत्र नं ५ को महारानीझोडास्थित स्कुलचौरमापनि ओलीले विशेष चुनावी कोणसभाका साथै पार्टी प्रवेश गराएका थिए ।
झापा खजुरगाछिको बजारमा आनन्द साहले फुटकर (खुल्ला) बजारमा संचालन गरेको चिया पसलमा बजारबीचमा मतदातासँग चिया पिउदै केपी ओलीले चुनावी गफगाफ समेत गरेका थिए । २०४८ सालको निर्वाचनमा पनि सोही चिया पसल चिया पिएको स्मरण गर्दै ओलीले भने, ‘अहिले चियाको स्वाद परिवर्तन भएछ ।’
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











