धुलमाण्डौंले अपमानित हुँदै आएको काठमाडौंलाई ‘चिटिक्क’ पार्न १३ करोडका मेसिन ल्याईदै
काठमाडौं, २७ कात्तिक । धुलमाण्डौं र लाजमाण्डौंका नामले अपमानित हुँदै आएको काठमाडौं अब भने ‘चिटिक्क’ हुने भएको छ । मेलम्ची पानीको पाईप बिच्छ्याउन सडक खनिएको कारण यतिबेला राजधानी काठमाडौं धुलमाण्डौं र लाजमाण्डौं भईरहेको छ । यो समस्याका दिर्घकालिन समाधानको लागि काठमाडौं महानगरपालिकाले नयाँ योजना अघि सारेको हो ।
धुलो र धुँवा सफा गर्न भन्दै विभिन्न योजनाहरु अघि सार्दै आएको काठमाडौं महानगरका अहिले सम्मका कुनै पनि योजनाले सार्थकता पाउन सकेको छैन् । पुराना योजनाले सार्थकता पाउन नसकिरहेको बेला महानगरले ‘सफा काठमाडौं’ अभियान शुरु गरेको हो । महानगरपालिकाले काठमाडौंमा धुलो धुँवा सफा गरी सडकहरु सफा गर्ने भन्दै झण्डै १३ करोड बराबरका नयाँ सामग्री समेत खरिद गर्न लागेको छ ।
महानगरपालिका भित्रका सडक सफा राख्न भन्दै १२ करोड ९१ लाख १२ हजार ४ सय ६० बराबरका मेसिन खरिद गर्ने सम्झौता गरेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । महानगरपालिका भित्रका सडकमा जम्मा भएको धुलो धुँवा उठाएर सफा गर्नका लागि ५ थान ठूला ब्रुमर र ५ थान जेट मेसिन आगामी एक महिनाभित्र काठमाडौं आइपुग्ने प्रवत्ता कार्कीले बताए ।
५ थान ब्रुमरमध्ये ४ थान १६ टन बराबरका रहेका छन्, यी ब्रुमरको प्रतिथान मूल्य १ करोड ७९ लाख ५३ हजार १ सय १५ रुपैयाँ पर्नेछ । भने बाँकी ६ टन बराबरको एक थान ब्रुमरको मूल्य १ करोड ४८ लाख रुपैयाँ पर्ने महानगरपालिकाले जनाएको छ ।
ब्रुमर खरिदका लागि महानगरपालिकाले गरेको बोलपत्र आह्वानमा आवेदन दिएकामध्ये नेपाली कम्पनी वेब्सले ब्रुमर आयातको ठेक्का पाएको छ । युरोपबाट ल्याउने सम्झौता भएको ५ थान ब्रुमरको जम्मा मूल्य ८ करोड ६६ लाख १२ हजार ४ सय ६० रुपैयाँ पर्नेछ ।
सडकमा पानी खन्याएर धुलो उड्नबाट रोक्न महानगरपालिकाले ५ थान जेट मेसिन समेत एक महिनाभित्र काठमाडौं ल्याएर प्रयोगमा ल्याइसक्ने जनाएको छ । जेट मेसिनको प्रतिथान मूल्य ८५ लाख रुपैयाँ पर्नेछ । नेपाली कम्पनी म्यापले आयातको ठेक्का लिएको जेट मेसिनको जम्मा मूल्य ४ करोड २५ लाख पर्नेछ ।
ब्रुमर मेसिनहरुले एक घण्टामा ५ किलोमिटर सडकको धुलो उठाउने र प्रतिदिन करिब २ सय किलोमिटर सडक सफा गर्ने हुँदा अब काठमाडौं धुलोमुक्त हुने महानगरपालिकाका प्रवत्ता कार्कीको दावी छ । ब्रुमरको धुलो उठाएपछि जेड मेसिनले सडकमा पानी हालेर ससानोतिनो धुलो उड्नबाट रोक्ने उनले बताए ।
ब्रुमरले उठाएको धुलोलाई महानगरमै रहेको खाल्डाखुल्डी पूर्नमा व्यवस्थापन गरिनेछ । रातीको समयमा सडक सफा गरिने भएकाले आम मानिसलाई कुनै असहज नहुने उनको भनाइ छ ।
Comments
अरु समाचार
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...












