धुलमाण्डौंले अपमानित हुँदै आएको काठमाडौंलाई ‘चिटिक्क’ पार्न १३ करोडका मेसिन ल्याईदै
काठमाडौं, २७ कात्तिक । धुलमाण्डौं र लाजमाण्डौंका नामले अपमानित हुँदै आएको काठमाडौं अब भने ‘चिटिक्क’ हुने भएको छ । मेलम्ची पानीको पाईप बिच्छ्याउन सडक खनिएको कारण यतिबेला राजधानी काठमाडौं धुलमाण्डौं र लाजमाण्डौं भईरहेको छ । यो समस्याका दिर्घकालिन समाधानको लागि काठमाडौं महानगरपालिकाले नयाँ योजना अघि सारेको हो ।
धुलो र धुँवा सफा गर्न भन्दै विभिन्न योजनाहरु अघि सार्दै आएको काठमाडौं महानगरका अहिले सम्मका कुनै पनि योजनाले सार्थकता पाउन सकेको छैन् । पुराना योजनाले सार्थकता पाउन नसकिरहेको बेला महानगरले ‘सफा काठमाडौं’ अभियान शुरु गरेको हो । महानगरपालिकाले काठमाडौंमा धुलो धुँवा सफा गरी सडकहरु सफा गर्ने भन्दै झण्डै १३ करोड बराबरका नयाँ सामग्री समेत खरिद गर्न लागेको छ ।
महानगरपालिका भित्रका सडक सफा राख्न भन्दै १२ करोड ९१ लाख १२ हजार ४ सय ६० बराबरका मेसिन खरिद गर्ने सम्झौता गरेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । महानगरपालिका भित्रका सडकमा जम्मा भएको धुलो धुँवा उठाएर सफा गर्नका लागि ५ थान ठूला ब्रुमर र ५ थान जेट मेसिन आगामी एक महिनाभित्र काठमाडौं आइपुग्ने प्रवत्ता कार्कीले बताए ।
५ थान ब्रुमरमध्ये ४ थान १६ टन बराबरका रहेका छन्, यी ब्रुमरको प्रतिथान मूल्य १ करोड ७९ लाख ५३ हजार १ सय १५ रुपैयाँ पर्नेछ । भने बाँकी ६ टन बराबरको एक थान ब्रुमरको मूल्य १ करोड ४८ लाख रुपैयाँ पर्ने महानगरपालिकाले जनाएको छ ।
ब्रुमर खरिदका लागि महानगरपालिकाले गरेको बोलपत्र आह्वानमा आवेदन दिएकामध्ये नेपाली कम्पनी वेब्सले ब्रुमर आयातको ठेक्का पाएको छ । युरोपबाट ल्याउने सम्झौता भएको ५ थान ब्रुमरको जम्मा मूल्य ८ करोड ६६ लाख १२ हजार ४ सय ६० रुपैयाँ पर्नेछ ।
सडकमा पानी खन्याएर धुलो उड्नबाट रोक्न महानगरपालिकाले ५ थान जेट मेसिन समेत एक महिनाभित्र काठमाडौं ल्याएर प्रयोगमा ल्याइसक्ने जनाएको छ । जेट मेसिनको प्रतिथान मूल्य ८५ लाख रुपैयाँ पर्नेछ । नेपाली कम्पनी म्यापले आयातको ठेक्का लिएको जेट मेसिनको जम्मा मूल्य ४ करोड २५ लाख पर्नेछ ।
ब्रुमर मेसिनहरुले एक घण्टामा ५ किलोमिटर सडकको धुलो उठाउने र प्रतिदिन करिब २ सय किलोमिटर सडक सफा गर्ने हुँदा अब काठमाडौं धुलोमुक्त हुने महानगरपालिकाका प्रवत्ता कार्कीको दावी छ । ब्रुमरको धुलो उठाएपछि जेड मेसिनले सडकमा पानी हालेर ससानोतिनो धुलो उड्नबाट रोक्ने उनले बताए ।
ब्रुमरले उठाएको धुलोलाई महानगरमै रहेको खाल्डाखुल्डी पूर्नमा व्यवस्थापन गरिनेछ । रातीको समयमा सडक सफा गरिने भएकाले आम मानिसलाई कुनै असहज नहुने उनको भनाइ छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












