के देवी ज्ञवाली अपहरणमा परेकै हुन् ? यस्तो छ रहस्य
चितवन, २८ कात्तिक । चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विक्रम पाण्डेले देवी ज्ञवाली माओवादीको अपहरणमा परेजस्तो अनुभूति भएको बताएका छन् । नेकपा एमालेका नेता एवं चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का चुनावी कमाण्डर देवी ज्ञवाली अपहरणमा परेको आरोप लगाएका हुन् ।
वन तथा भूसंरक्षण मन्त्री समेत रहेका पाण्डेले देवी ज्ञवाली माओवादीको अपहरणमा परेजस्तो अनुभूति भएको बताए । ‘हँसिलो अनुहार, मिठो भाषण गर्ने ज्ञवाली अहिले जेजे बोल भन्यो त्यही बोलेर हिँडेजस्तो लाग्न थालेको छ’, भरतपुरमा चुनावी प्रचार प्रसार कार्यालयको उदघाटन गर्दै उनले भने, ‘ठ्याक्कै अपहरणमा परेको व्यक्ति जस्तो बन्नुभएको छ ।’
उनले विगतमा ज्ञवालीको संगतको सम्झना कार्यकर्तालाई सुनाए । ‘सारै दुःख पर्यो, जसरीपनि पैसा खोजेर दिउँ भन्न लगाउहुन्थ्यो’, उनले भने, ‘अहिले उनीहरुकै पक्षमा भाषण गर्दै हिँडेको देखेको छु ।’ ज्ञवाली भरतपुर महानगरको मेयरमा झिनो मतान्नतरले तत्कालिन कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट माओवादी नेतृ रेणु दाहालसँग पराजित भएका थिए । तत्कालिन अवस्थामा भरतपुर–१९ मा मतपत्र च्यातिएर पुनःमतदान हुने बेला सम्म माओवादी केन्द्र र एमालेबीच पानीबाराबारको सम्बन्धन थियो ।
नेता पाण्डेले द्वन्द्वकालमा तत्कालिन माओवादीलाई चन्दा दिएको घटना मतदान गर्नेबेला नबिर्सन कार्यकर्ता र मतदातालाई अनुरोध पनि गरे । उनले परिवर्तनका लागि आन्दोलन भन्दै हिँडेका माओवादी आजभोली सत्ताकेन्द्रीत राजनीतिमा रमाउन थालेको आरोप लगाए । ‘ऋण लगाएर बसेका बेला भएपनि बैंकबाट ऋण लिएर चन्दा दिएको भुल्नुभएको छ ?’, नेता पाण्डेले भने, ‘कांग्रेस, एमालेसित मिलेर सत्तामा जानु थियो भने किन हजारौँ नेपालीहरु मारिनुपर्यो ? सुरुमै सत्ताको राजनीतिमा रमाएको भए हुन्थ्यो ।’
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












