कञ्चनपुरमा भारतीय एसएसबीको दादागिरीः नेपाली भूमिमै पनि सडक बनाउन दिएन
कञ्चनपुर, २८ कात्तिक । कञ्चनपुरको उत्तरी क्षेत्र जोड्ने गड्डाचौकी–ब्रह्मदेव सडक निर्माणमा भारतीय पक्षले अवरोध पुर्याएको छ।नेपाल–भारत सीमा पिलर ८०९ (५ ‘ए’) नजिक निर्माण भइरहेको कालोपत्रे सडकमा ह्युमपाइपको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको हो।
नेपाली भूमिमै निर्माण भइरहेको सडकमा भारतीय पक्षले आफ्नो क्षेत्रभित्र पर्ने भन्दै हतियारसहित आएका एसएसबीले निर्माण भइरहेको सडकमा पानी निकासका लागि हालेको ह्युम पाइप निकाल्नुपर्ने दबाब दिएपछि विवाद भएको छ।
भारतीय पक्षको अवरोधका कारण सडक निर्माणको कार्य नै रोकिएको स्थानीयवासीले बताएका छन्। सडक निर्माणमा एसएसबीले अवरोध गरेपछि निर्माण काम रोकिएको बारे जानकारी प्राप्त भएको र भारतीय पक्षसँग संयुक्त छलफल गरेर निर्माण कार्य अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए।
गतवर्ष फागुनमा कल्भर्टको विषयलाई लिएर भएको विवादमा भारतीय एसएसबीले चलाएको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिकामा एक जना नेपालीले ज्यान गुमाएका थिए। रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











