शरदकुमार गौचन हत्यामा संलग्न सुटरसहित ५ पक्राउ, मुख्य आरोपी समिरमान भने फरार
काठमाडौं, २८ कात्तिक । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरु प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । मुख्य योजनाकार भने अझै फरार छन् ।
पक्राउ पर्ने मध्ये नुवाकोटका राजिव तामाङ स्याङटाङ सुटर भएको प्रहरीले बताएको छ । सार्वजनिक गरिएका अन्यमा मुकेशकुमार पाडे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी र शिवजी महतो रहेका छन्। मनोज पुन र मुख्य आरोपी समिरमान लगायत आठ जना फरार रहेको प्रहरीले जनाएको छ ।
लामो समयको अनुसन्धानपछि घटनामा संलग्नलार्इ पक्राउ गरेको प्रहरीले जनाएको छ। गत असोज २३ गते दिउँसो २ बजेर ४५ मिनेटमा बानेश्वरमा रहेको घरबाट निस्केर गाडीमा चढी केही मिटर पर नपुग्दै मोटरसाइकलमा आएका दुई व्यक्तिले गौचनलाई गोली हानेका थिए।
गोली लागि घाइते भएका गौचनको उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीले डिआइजी गणेश केसीको नेतृत्वमा छानविन समिति गठन गरी अनुसन्धान गरिरहेको थियो।ठेक्कापट्टाको विषयलाई लिएर हत्या भएको अनुसन्धानबाट खुलेको छ।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...












