देउवाका यि मन्त्रीले प्रहरीलाई बीच सडकमै सलामी हान्न लगाए
काठमाडौं, २९ कात्तिक । सरकारका मन्त्रीहरु बेलाबेलामा विवादमा तानिने गरेका छन् । मन्त्रीहरुको लागि नीति नियम नहुँदा वा चर्चामा आउनको लागि हो अनेकन हर्कत गर्दै आउने गरेका छन् । पहिला मन्त्री बन्न मरिहत्ते गर्ने र पछि चर्चामा आउन वा सेलिब्रेटी बन्न यस्ता हर्कत गर्ने गरेका छन् ।
मानसम्मान कै लागि भएपनि उनीहरु मन्त्री पदका लागि हानथाप गर्ने गर्दछन् । उच्च सुरक्षा, साईरन जडित गाडीलगायतका सुविधा पाइन्छ। सेना–प्रहरी लगायत सुरक्षा निकायको सलामी पनि पाइन्छ।
यस्ता सम्मान पाएपछि आफूलाई समर्थन गर्छन्, प्रधानमन्त्रीमा टिक्न सजिलो हुन्छ भनेर होला, प्रधानमन्त्री शेरबहादुर देउवाले ६४ जनाको मन्त्रीमण्डल बनाएका छन्। औपचारिक सलामी त्यस्ता व्यक्तिलाई दिइन्छ, जसको गाडीमा नेपालको राष्ट्रिय झण्डा फहराएको हुन्छ। तर, बुधबार सुर्खेतबासीले सडकमा एउटा रोचक दृष्य देख्न पाए।
हिँडिरहेका एकजना व्यक्ति बुद्धमार्गस्थित मूल सडकमा नै प्रहरीबाट सलामी लिइरहेका थिए। ती व्यक्तिले प्रहरीबाट लिइरहेको दृष्य सडक वरिपरि रहेका स्थानीयवासीले रमाइलो मानेर हेरिरहेका थिए। पछि स्थानीयवासीले थाहा पाए, उनी सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्ट पो रहेछन्।
सुर्खेत–३ का निवर्तमान सांसद बिष्ट अहिले सुर्खेत–२ (ख) बाट प्रदेश सभामा उम्मेदवार छन्। उनले बीच सडकमै प्रहरीबाट सलामी लिएका हुन् । ओहोदाका कारण बिष्ट प्रहरी सलामीका भागेदार होलान्। तर के बीच सडकमा यसरी सलामी लिइदिने दिने अभ्यासले मन्त्री पदको गरिमा बढ्ला ?
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...












