देउवाका यि मन्त्रीले प्रहरीलाई बीच सडकमै सलामी हान्न लगाए
काठमाडौं, २९ कात्तिक । सरकारका मन्त्रीहरु बेलाबेलामा विवादमा तानिने गरेका छन् । मन्त्रीहरुको लागि नीति नियम नहुँदा वा चर्चामा आउनको लागि हो अनेकन हर्कत गर्दै आउने गरेका छन् । पहिला मन्त्री बन्न मरिहत्ते गर्ने र पछि चर्चामा आउन वा सेलिब्रेटी बन्न यस्ता हर्कत गर्ने गरेका छन् ।
मानसम्मान कै लागि भएपनि उनीहरु मन्त्री पदका लागि हानथाप गर्ने गर्दछन् । उच्च सुरक्षा, साईरन जडित गाडीलगायतका सुविधा पाइन्छ। सेना–प्रहरी लगायत सुरक्षा निकायको सलामी पनि पाइन्छ।
यस्ता सम्मान पाएपछि आफूलाई समर्थन गर्छन्, प्रधानमन्त्रीमा टिक्न सजिलो हुन्छ भनेर होला, प्रधानमन्त्री शेरबहादुर देउवाले ६४ जनाको मन्त्रीमण्डल बनाएका छन्। औपचारिक सलामी त्यस्ता व्यक्तिलाई दिइन्छ, जसको गाडीमा नेपालको राष्ट्रिय झण्डा फहराएको हुन्छ। तर, बुधबार सुर्खेतबासीले सडकमा एउटा रोचक दृष्य देख्न पाए।
हिँडिरहेका एकजना व्यक्ति बुद्धमार्गस्थित मूल सडकमा नै प्रहरीबाट सलामी लिइरहेका थिए। ती व्यक्तिले प्रहरीबाट लिइरहेको दृष्य सडक वरिपरि रहेका स्थानीयवासीले रमाइलो मानेर हेरिरहेका थिए। पछि स्थानीयवासीले थाहा पाए, उनी सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्ट पो रहेछन्।
सुर्खेत–३ का निवर्तमान सांसद बिष्ट अहिले सुर्खेत–२ (ख) बाट प्रदेश सभामा उम्मेदवार छन्। उनले बीच सडकमै प्रहरीबाट सलामी लिएका हुन् । ओहोदाका कारण बिष्ट प्रहरी सलामीका भागेदार होलान्। तर के बीच सडकमा यसरी सलामी लिइदिने दिने अभ्यासले मन्त्री पदको गरिमा बढ्ला ?
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












