कालीकोटका व्यापारीको गुनासोः बस भाडा नै नउठेपछि किन जाने भोट हाल्न
चरिकोट, २९ कात्तिक । न्यानो कपडा बोकेर विक्रीका लागि बजार चहार्दै गर्दा कालीकोट जिल्ला तिलागुभा नगरपालिका–१ का ३५ वर्षीय वीरबहादुर बुढा सदरमुकाम चरिकोटमा भेटिनुभयो । तपार्इंले बोकेको के हो ? भन्दा उहाँले जवाफ दिनुभयो, “यो झिल्के हो ।”
त्यसको विक्री मूल्य सोध्दा रू दुई हजार ५०० पर्छ भन्दै गफिन खाज्नुभयो । उहाँजस्तै कालीकोटबाटै आउँनुभएका उहाँका दाजु नरिलाल बुढा र काकासहित परिवारका चारजना जाडोको समयमा आवश्यक पर्ने सामान बिक्रीका लागि गाउँ र टोलमा घुमिरहेको बुढाले बताउनुभयो ।
दैनिकीबारे सोध्दा उहाँले भन्नुभयो, हामी दोलखा आएको धेरै भयो, पैसा कमाइन्छ कि भनेर हामीले पनि सामान किनेर बेच्न ल्याएका हौँ तर खासै बिक्री भएको छैन । बुढाले जाडोमा प्रयोगमा आउने सामान डुलाउँदा पनि बिक्री हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।
“हामी सामान्य होटलमा बसेका छौं १० दिनको एक हजार रुपैयाँ तिर्छौ ।” बुढालाई व्यापार भए चुनावमा घर गई भोट हाल्ने रहर पनि छ तर सामान थुप्रै मात्रामा बिक्री हुन बाँकी छ, “यो निर्वाचनमा भोट हाल्न जाने की नजाने दोधारमा थियौँ हामी चारैजना,” उहाँले दुःखेसो पोख्दै भन्नुभयो, “गाउँ नजाने भइयो।” उहाँलाई जिल्लामा निर्वाचनमा कोको उठेका छन् भन्ने पनि थाहा छ रे ।
बुढा भन्नुहुन्छ्, हाम्रो जिल्ला कालीकोटमा नेपाली काँग्रेसबाट भुपेन्द्रजंग शाही, नेकपा (माओवादी केन्द्र) बाट उज्ज्वल रावत, नेकपा (एमाले) बाट कुर्म शाही उम्मेदवार भएका छन् तर कुनै उम्मेदवारले पनि भोट माग्न आएका छैनन् हाम्रो दुःख हामीसँगै छ । भोट हालेर के हुन्छ र ? यो पटक मोटर भाडा नै नहुने भएपछि भोट हाल्न नजाने बुढाको भनाइ छ ।
बुढा निरासिँदै भन्नुहुन्छ, “नेताले विकास गर्दे र हाम्रो जिल्लाको विकास भए हाम्रा छोराछोरी तथा नातीनातिनीलाई राम्रो हुने थियो तर अहिले जिल्लाको विकास भन्दा आफ्नै परिवार र नातागोताको मात्रै विकास गर्छन् नेताले । ” दुर्गम कालीकोटबाट यहाँ हरेक वर्ष ज्याकेट, सिरक, ओछ्याउने, बिछ्याउना, तन्नाजस्ता कपडाका सामग्री बोकेर जुम्ला, कालीकोट लगायतका व्यापारी यहाँ आउँछन् ।
उहाँ जस्तै कालीकोटकै अर्का व्यापारी लक्ष्मी अधिकारी भन्नुहुन्छ, “हाम्रो परिवार चुनावले पालिदैन, हामो जीविका पनि छ, नेतालाई भोटको चिन्ता, हामी गरिबलाई नोटको चिन्ता, त्यसैले हामीलाई चुनाव भन्दा हाम्रो परिवार पाल्न सकस छ, हामी सायद भोट हाल्न कालिकोट जाँदैनौं ।” उहाँ भन्नुहुन्छ, “नेता चुनावको समयमा अनेकथरी गरिदिने आश्वासन त दिन्छन् तर निर्वाचन सकिएपछि केही पनि गर्दैनन् त्यसैले किन भोट हाल्न जानु ।” रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











