एनआरएनए अध्यक्ष भट्टले निगमलाई ठगे, एक सातामा बुझाउनुपर्ने पैसा अझै बुझाएनन्
काठमाडौं, ३० कात्तिक । नेपाल वायुसेवा निगमले लिलामी मार्फत बेचेको बोइङ ७५७ विमानको पैसा अझै पाएको छैन् । करिब एक महिना अघि निगमले गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई १५ करोड १८ लाख रुपैयाँमा विक्रि गरेको थियो । भट्टले असोज ३० गते एक करोड ५० लाख रुपैयाँ बुझाएका थिए । तर एक साताभित्र बुझाउनुपर्ने बाँकी रकम अझै निगमले पाएको छैन ।
एक साताभित्र बाँकी रकम बुझाउन सम्झौतासहित बीबी एयरवेजलाई विमान बिक्री गर्ने निर्णय गरिएको भएपनि अहिलेसम्म पनि पैसा नपाएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । ‘म्याद गुज्रिसक्यो, सम्पर्क पनि हुन सकेको छैन । बाँकी रकम बुझाउनेरनबुझाउने भन्ने कुनै निर्णय पनि आएको छैन,’ श्रेष्ठले भने ।
अग्रिम रकम बुझाएर उनी सम्पर्कविहीन भएपछि निगमका लागि बोइङ–७५७ फेरि टाउको दुखाइको विषय बनेको छ । ३र४ पटकसम्म गरिएको बोलपत्र आह्वानको उपलब्धि देखिएको छैन । बीबी एयरवेजलाई विमान बिक्री गर्ने निर्णय वार्ताको माध्यमबाट लिइएको थियो । आगामी बोर्ड बैठकबाट उक्त विमानबारे निर्णय लिइने श्रेष्ठले बताए । भट्टले अझै १३ करोड ६८ लाख रुपैयाँ बुझाउन बाँकी छ । त्यो कहिले बुझाउने अत्तोपत्तो छैन ।
भवनले सन् २०१२ को अक्टुबरमा वेट लिज बिमानमार्फत् बीबी एयरवेजको उडान सुरु गरेका थिए । सातामा चार दिन मलेसिया उडान सुरु गरेपनि उनले लिजमा लिएको बिमानको भाडा समयमै नतिरेका कारण दुई महिनामै कम्बोडियन कम्पनीले बिमान फिर्ता लगेको थियो । त्यसयता बीबी एयरवेज नाम मात्रको एयरलाइन्सका रुपमा रहेको छ, उडान सञ्चालन गर्न सकेको छैन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












