निर्वाचन कार्यालयको यस्तो जुक्तिः घरमा नभेटिएपछि धानबारीमै मतदाता शिक्षा
धादिङ, ३० कात्तिक । धादिङमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न टोली खटाइएको छ । अन्नबाली भित्र्याउने समय भएकाले मतदाता घरमा नभेटिएपछि खेतमा नै गएर मतदाता शिक्षा प्रदान गरिएको छ ।
मंसिर महिना ‘मानो खाएर मुरी भित्र्याउने’ समयमा सबै किसानले खेतमा धान काट्ने र भित्र्याउने समय परेकाले घरमा नभेटिएका मतदातालाई खेतबारीमै गएर शिक्षा दिइएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत बदर हुन नदिन जिल्ला निर्वाचन कार्यालयले जिल्लाका स्वयंसेवक, सामाजिक परिचालकलाई मतदाता शिक्षाका बारेमा तालीम प्रदान गरेको थियो । तालीमपश्चात् टोली गाउँगाउँमा खटिएका छन् ।
“निर्वाचनको समय छोटो छ, सबैलाई मतदाता शिक्षाका बारेमा जानकारी दिन सकिँदैन कि भनेर काम गरिरहेकै ठाउँमा गएर मतदाता शिक्षाको बारेमा जानकारी गराउँदै हिँडेका छौँ”, स्वयंसेवक शोभा लम्सालले बताउनुभयो । नीलकण्ठ नगरपालिका–९ मा खटिनुभएकी स्वयंसेवक शोभा भन्नुहुन्छ, “मतदातालाई मंसिरको चटारो छ, घरमा कोही भेटिन्नन् खेतखेतमा खोज्दै हिँड्नुपर्छ धेरै समस्या भएको छ ।”
मतदाता शिक्षाका लागि जिल्ला निर्वाचन कार्यालयले जिल्लाका प्रत्येक स्थानीय तहमा स्वयंसेवक खटाएको छ । निर्वाचनका लागि धादिङ जिल्लामा २७५ मतदान केन्द्र र १०९ मतदानस्थल निर्धारण गरिएको छ । रासस
Comments
अरु समाचार
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...











