कलंकीका होटेलहरुमा बाहिर खाजाघरको बोर्ड, भित्र खुलेआम यौनधन्दा
काठमाडौं, १ मंसिर । कलंकीका केही होटेल र खाजाघरमा खुल्लमखुला यौनधन्दा हुने गरेको पाईएको छ । सरकारी अनुगमन टोलीले गरेको अनुगमनमा यस्तो रहस्य फेला पारेको हो । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयकी अधिकृत अनिता अधिकारी नेतृत्वको टोलीले २७ कात्तिकमा अनुगमन गरेको थियो । यौनकार्यमा लगाइएका अधिकांश १८ वर्षमुनिका किशोरी छन् ।
११ सदस्यीय टोलीमा मन्त्रालय तथा केन्द्रीय बालकल्याण समितिका अधिकारी सहभागी थिए । ती किशोरीहरुलाई बिहान नौदेखि राति १० बजेसम्म अवैध धन्दामा लगाइने गरेको टोलीले पत्ता लगाएको छ । गेस्टहाउसहरुका माथिल्लो तल्ला र खाजाघरका भित्री कोठाहरुमा त्यस्तो धन्दा हुने गरेको पाइएको अधिकृत अधिकारीले जानकारी दिइन् । अविवाहित किशोरीलाई सिन्दुर, पोते लगाइदिएर विवाहित भएको बताउँदै ग्राहकसँग यौन सम्पर्क गर्न पठाइने गरेको अनुगमनका क्रममा भेटिएको छ ।
त्यसक्रममा भेटिएका अधिकांश किशोरीसँग नागरिकता थिएन । अर्थात्, उनीहरु नागरिकता बनाउने उमेर १८ वर्षभन्दा कमका हुन् । कतिपय राम्रै परिवारका र कतिपय पारिवारिक वातावरण राम्रो नभएका कारण त्यस्तो धन्दामा लागेको पाइएको छ ।
अनुगमन टोलीलाई अधिकांशले २१, २२ वर्षको बताएका थिए । तर, फकाई–फुल्याई सोध्दा १२ वर्षका बालिका पनि फेला परेका छन् । बाहिर खाजाघरको बोर्ड झुण्ड्याइएको छ, भित्र भने मदिराजन्य पदार्थकै बाहुल्यता देखिन्थ्यो । हरेक खाजाघरमा स–साना क्याबिन थिए । क्याबिनमा दुई कुर्सी, एक बेन्च र एक टेबल थिए । किशोरीहरु त्यही टेबलमा सुत्दा रहेछन् । र, ग्राहकको यौनप्यास पनि त्यहीं मेटाउने गरेको पाइएको छ ।
तीमध्येकी एक किशोरीले मासिक चार हजार रुपैयाँ तलब पाउने गरेको बताइन् । अधिकांश किशोरीले बताएअनुसार एक जना ग्राहकलाई सन्तुष्ट बनाइदिएवापत होटेल र खाजाघर सञ्चालकहरुले पाँचदेखि १० हजार रुपैयाँसम्म लिने गरेका छन् । सञ्चालकहरुले किशोरीहरुलाई मासिक चारदेखि ६ हजार रुपैयाँ दिने गरेको खुलेको छ । दैनिक ३र४ ग्राहकसँग यौन सम्पर्क राख्नुपर्ने उनीहरुले अनुगमन टोलीलाई जानकारी दिए ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











