कलंकीका होटेलहरुमा बाहिर खाजाघरको बोर्ड, भित्र खुलेआम यौनधन्दा
काठमाडौं, १ मंसिर । कलंकीका केही होटेल र खाजाघरमा खुल्लमखुला यौनधन्दा हुने गरेको पाईएको छ । सरकारी अनुगमन टोलीले गरेको अनुगमनमा यस्तो रहस्य फेला पारेको हो । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयकी अधिकृत अनिता अधिकारी नेतृत्वको टोलीले २७ कात्तिकमा अनुगमन गरेको थियो । यौनकार्यमा लगाइएका अधिकांश १८ वर्षमुनिका किशोरी छन् ।
११ सदस्यीय टोलीमा मन्त्रालय तथा केन्द्रीय बालकल्याण समितिका अधिकारी सहभागी थिए । ती किशोरीहरुलाई बिहान नौदेखि राति १० बजेसम्म अवैध धन्दामा लगाइने गरेको टोलीले पत्ता लगाएको छ । गेस्टहाउसहरुका माथिल्लो तल्ला र खाजाघरका भित्री कोठाहरुमा त्यस्तो धन्दा हुने गरेको पाइएको अधिकृत अधिकारीले जानकारी दिइन् । अविवाहित किशोरीलाई सिन्दुर, पोते लगाइदिएर विवाहित भएको बताउँदै ग्राहकसँग यौन सम्पर्क गर्न पठाइने गरेको अनुगमनका क्रममा भेटिएको छ ।
त्यसक्रममा भेटिएका अधिकांश किशोरीसँग नागरिकता थिएन । अर्थात्, उनीहरु नागरिकता बनाउने उमेर १८ वर्षभन्दा कमका हुन् । कतिपय राम्रै परिवारका र कतिपय पारिवारिक वातावरण राम्रो नभएका कारण त्यस्तो धन्दामा लागेको पाइएको छ ।
अनुगमन टोलीलाई अधिकांशले २१, २२ वर्षको बताएका थिए । तर, फकाई–फुल्याई सोध्दा १२ वर्षका बालिका पनि फेला परेका छन् । बाहिर खाजाघरको बोर्ड झुण्ड्याइएको छ, भित्र भने मदिराजन्य पदार्थकै बाहुल्यता देखिन्थ्यो । हरेक खाजाघरमा स–साना क्याबिन थिए । क्याबिनमा दुई कुर्सी, एक बेन्च र एक टेबल थिए । किशोरीहरु त्यही टेबलमा सुत्दा रहेछन् । र, ग्राहकको यौनप्यास पनि त्यहीं मेटाउने गरेको पाइएको छ ।
तीमध्येकी एक किशोरीले मासिक चार हजार रुपैयाँ तलब पाउने गरेको बताइन् । अधिकांश किशोरीले बताएअनुसार एक जना ग्राहकलाई सन्तुष्ट बनाइदिएवापत होटेल र खाजाघर सञ्चालकहरुले पाँचदेखि १० हजार रुपैयाँसम्म लिने गरेका छन् । सञ्चालकहरुले किशोरीहरुलाई मासिक चारदेखि ६ हजार रुपैयाँ दिने गरेको खुलेको छ । दैनिक ३र४ ग्राहकसँग यौन सम्पर्क राख्नुपर्ने उनीहरुले अनुगमन टोलीलाई जानकारी दिए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












