वाम गठबन्धनका नेताको घाटीमा भार थाम्नै नसक्नेगरी ५१ किलोको माला
रामेछाप । रामेछापमा उम्मेदवाहरुलाई ५१ किलोको माला लगाईएको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको वाम गठबन्धनका नेताहरुलाई गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीका महिला समूहले ५१ किलोको माला लगाएर स्वागत गरेका हुन् ।
मतदाता रिझाउन विभिन्न कार्यक्रम लिएर गाउँ पसेका वाम गठबन्धनका प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार श्यामकुमार श्रेष्ठ र प्रदेशसभा सदस्य (क) बाट उम्मेदवार बनेका शान्तिप्रसाद पौडेललाई वेतालीका स्थानीय महिला समूहले जनही ५१ किलोको माला लगाएर गाउँमा स्वागत गरेका हुन् ।
चुनावको मिति नजिकिदै जाँदा रामेछापका राजनीतिक दलका उम्मेदवारहरुले अहिले गाउँगाउँमा कोणसभा, घरदैलो अभियान र जनसभा लगायतका कार्यक्रमलाई तिव्रता दिएका छन् । रामेछापमा यतिखेर दुई ठूला राजनीतिक दलहरु प्रजातान्त्रिक धार र वाम गठबन्धनको चुनावी माहोल आक्रामक बनेको छ ।
अन्य साना दलका तुलनामा यी दुई ठूला दलहरु मतदाता रिझाउन कुनै कसुर नराखी घरदैलो अभियान दौडिएका छन् । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उम्मेदवारी पाएसँगै राजनीतिक दलका उम्मेदवारहरु आफ्नो पार्टीको घोषणापत्र लिएर मतदाताहरुको घरघरमा मत माग्न व्यस्त रहेका छन् ।
यसअघि पनि प्रदेसशभा (ख) मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य कान्छाराम तामाङलाई पनि २१ र ८५ किलोको माला लगाएर स्वागत गरेका थिए । त्यसैगरी प्रदेशसभा (क) को चुचुरेमा पनि कांग्रेसका प्रतिनिधिसभा सदस्य र प्रदेसशभा सदस्य उम्मेदवार कान्छाराम तामाङ र रत्नवहादुर कार्कीलाई जनही २१ किलोको माला लगाएर स्थानीयबासीले स्वागत गरेका थिए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












