नेताहरूको विकासे एजेण्डा हल्ला मात्रै !
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि एमाले, माओवादी, कांग्रेस, राप्रपा लागायत पार्टीका नेताहरूले नाचगान गरी तामझामका साथ उम्मेदवारी दर्ता गराए । भ्रष्टहरूको दर्ता खारेज भयो । देशभर चुनावको चहलपहल रौनकता छाएको छ । सबैको ध्यान लोकतान्त्रिक र वाम गठबन्धन मध्ये कसले बढी सीट ल्याउँछन् भन्नेतिरै छ । २०६२/६३ को जनआन्दोलनदेखि स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा एकअर्काका बिरोधी रहेका पार्टी एकाएक गठबन्धित हुँदा अब राज्यमा राजनीतिले कस्तो कोल्टे फेर्ने हो भन्ने चासो सबैतिर छ ।
प्रत्येक पार्टीले आ–आफ्नै घोषणापत्र तयार गरेका छन् । जनतालाई आफ्नो पार्टीप्रति आकर्षित गराउन र चुनाव जिताउन ठूलै भुमिका खेलेका छन् । वाम गठबन्धले गाउँदेखि केन्द्रसम्म वामपन्थी सरकार भन्ने मूल नारासहित अबको दश वर्षभित्र सबै जनता गरिबीको रेखामुनीबाट मुक्त गर्ने लक्ष्य राखेको छ भने उसको प्रमुख प्रतिस्पर्धी दल कांग्रेसले पनि दश वर्षमा गरिबी तीन प्रतिशतभन्दा कम गर्ने आफ्नो चुनावी घोषणा सार्वजनिक गरेको छ । पच्चिस प्रतिशतको हाराहारीमा रहेको गरिबीलाई मुक्त गर्ने उर्दी सहितको वाम र कांग्रेसको घोषणापत्र मिल्दो जुल्दो भएपनि चुनावपछि कस्तो लचकता अपनाउने छन् त्यो त देख्न बाँकी नै छ । उम्मेदवारहरू चुनाव आएपछि मात्रै गाउँ फर्कन थालेका छन् । अघिपछि सधैं शहर बस्ने नेताहरू चुनावको बेला विकास सपना देखाउँदै गाउँ–गाउँ पुगेर यस्तो विकास गछौं उस्तो विकास गछौं भन्दै भोट मागेको देखिन्छ । तर, चुनाव जितेर गएपछि कहिल्यै गाउँ नफर्कने रोग हाम्रा नेताहरूमा छ । जनताको आँखामा छारो हालेर जनताकै मतले आफूलाई उच्च स्थानमा पु¥याएका नेताले आजसम्म कुनै एउटा प्रशंसा गर्न लायकका काम गर्न सकेको देखिदैन । एक अर्कालाई दोषारोपण गरेर मुलुकको गतिलाई पछाडि धकेलिरहेका पार्टीले देशको इज्जतमा दाग लागाएका छन् । अब हुने प्रदेशसभाको २५६ निर्वाचन क्षेत्र र प्रतिनिधिसभाको १२८ निर्वाचन क्षेत्रमा कस्तो उम्मेदवारलाई बिजयी गराउने भन्ने जनताको हातमा छ । हुन त जुनाजोगी आएपनि कानै चिरेको भन्ने उखान हाम्रो देशको राजनीतिकसँग मिल्दो छ । अबको निर्वाचनले देशमा सकारत्मक परिवर्तन ल्याओस् । सोच विचारका साथ मतदान गरौं । पैसाले किनिने मतलाई अस्विकार गरौं ।
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...












