राति आमाको हातबाट जाउलो खाएर सुतेका प्रकाशको निधन यसरी भयो
काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छोरा प्रकाशको मृत्यु अस्पताल ल्याउनु अगावै भईसकेको उनी निटकले जनाएका छन् । थापाथलीस्थित नर्भिक अस्पताल ल्याउँदा प्रकाशको चेत थिएन । राति आमा सीताले जाउलो खुवाएर कोठामा छाडी सुत्न गएकी थिइन् । बिहान उठेर बोलाउँदा नबोलेपछि प्रकाशलाई अस्पताल पुर्याइएको थियो ।
प्रकाश तीन दिनदेखि लाजिम्पाटमा आमासँगै बस्दै आएका थिए। शारीरिक रुपमा अस्वस्थ भएपछि बाबु प्रचण्डलाई छाडेर उनी काठमाडौं फर्किएका थिए। अस्पतालमा पुगेका एक प्रहरी अधिकृतका अनुसार प्रकाशको नाकबाट हल्का रगत बगेको थियो।‘ अस्पतालले ब्रेन हेम्म्रेज हो वा हृदयघातबाट मृत्यु भएको हो नखुलाइसकेकाले मृत्युको कारण यही हो भन्ने अवस्था छैन, ती अधिकृतले भने ।
प्रकाश शनिबार राति आठ बजेसम्म पनि साथीहरुसँग सम्पर्कमा रहेको पारिवारिक स्रोतले जनाएको छ । एक आफन्तले भने,‘ हिजो राति पनि फोनमा कुरा भएको थियो, स्वास्थ्य ठीक छैन भन्दै गुनासो गरिरहेका थिए ।’
आर्थिक अवस्था बलियो भएपनि प्रकाशले स्वास्थ्यमा हेलचक्राई गरेको अस्पतालमा गाइँगुईँ सुनिन्थ्यो । ‘ सम्पत्ति अथाह थियो, एउटा चिकित्सकलाई रेगुलर स्वास्थ्य चेकअफका लागि राख्न सकिन्थ्यो, यो लापरबाही नै हुनुपर्छ, अस्पतालमा आएका माओवादीका कार्यकताहरुबीच गाइँगुर्इँ सुनिथ्यो।
फोटोः प्रकाश दाहालको फेसबुकबाट(दशैमा आमा सिता दाहालको हातबाट टिका ग्रहण गर्दै गर्दा)
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...












