रत्नपार्कको शौचालयमा बायोग्यास प्लान्ट, मेयर साव’ले मास्क नलार्इ हिँड्ने शहर बनाउने
काठमाडौंँ, ३ मंसिर । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज रत्नपार्कमा बायोग्यास प्लान्टको शिलान्यास गर्नुभएको छ । ५ औँं विश्व चर्पी दिवसको अवसरमा रत्नपार्कको सार्वजनिक शौचालयबाट बायोग्यास उत्पादन गर्ने उद्देश्यका साथ प्रमुख शाक्यले आज बायोग्यास प्लान्टको शिलान्यास गर्नु भएको हो । सार्वजनिक शौचालयबाट उत्सर्गन हुने फोहोर पानीको उचित व्यवस्थापन र शौचालयलाई स्वच्छ बनाउनका लागि बायोग्यास प्लाट निर्माण गर्न लागिएको शाक्यको भनाइ छ ।
रत्नपार्कको बायोग्यास प्लाट एरोसान र गुठीको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको हो । प्लान्ट निर्माणका लागि ६ लाख खर्च हुने महानगरले जनाएको छ । रत्नपार्कको बायोग्यास प्लान्टबाट उत्पादन हुने ग्यास खाना पकाउन र बत्ती बाल्न प्रयोग गर्ने बताइएको छ ।
सफा सहर बनाउने अभियान अन्तर्गत कामपाले शहरलाई हराभरा बनाउनका लागि दुबो, बिरुवा, फूल रोप्ने कार्य शुरु गरिसकेको र निजी सहकार्यमा तीन सय सार्वजनिक शौचालय निर्माण गर्ने उहाँले जानकारी दिनुभयो । उक्त प्लान्ट दुई महिनाभित्र बनाइसक्ने र प्लान्टबाट मासिक रुपमा पाँच सिलिण्डरसम्म ग्यास उत्पादन हुने वातावरण व्यवस्थापन विभागका प्रमख रविनमान श्रेष्ठले जानकारी दिनुभयो । प्लान्टबाट निस्केको लेदोलाई कम्पोष्ट मल बनाउने योजना रहेको छ । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












