रत्नपार्कको शौचालयमा बायोग्यास प्लान्ट, मेयर साव’ले मास्क नलार्इ हिँड्ने शहर बनाउने
काठमाडौंँ, ३ मंसिर । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज रत्नपार्कमा बायोग्यास प्लान्टको शिलान्यास गर्नुभएको छ । ५ औँं विश्व चर्पी दिवसको अवसरमा रत्नपार्कको सार्वजनिक शौचालयबाट बायोग्यास उत्पादन गर्ने उद्देश्यका साथ प्रमुख शाक्यले आज बायोग्यास प्लान्टको शिलान्यास गर्नु भएको हो । सार्वजनिक शौचालयबाट उत्सर्गन हुने फोहोर पानीको उचित व्यवस्थापन र शौचालयलाई स्वच्छ बनाउनका लागि बायोग्यास प्लाट निर्माण गर्न लागिएको शाक्यको भनाइ छ ।
रत्नपार्कको बायोग्यास प्लाट एरोसान र गुठीको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको हो । प्लान्ट निर्माणका लागि ६ लाख खर्च हुने महानगरले जनाएको छ । रत्नपार्कको बायोग्यास प्लान्टबाट उत्पादन हुने ग्यास खाना पकाउन र बत्ती बाल्न प्रयोग गर्ने बताइएको छ ।
सफा सहर बनाउने अभियान अन्तर्गत कामपाले शहरलाई हराभरा बनाउनका लागि दुबो, बिरुवा, फूल रोप्ने कार्य शुरु गरिसकेको र निजी सहकार्यमा तीन सय सार्वजनिक शौचालय निर्माण गर्ने उहाँले जानकारी दिनुभयो । उक्त प्लान्ट दुई महिनाभित्र बनाइसक्ने र प्लान्टबाट मासिक रुपमा पाँच सिलिण्डरसम्म ग्यास उत्पादन हुने वातावरण व्यवस्थापन विभागका प्रमख रविनमान श्रेष्ठले जानकारी दिनुभयो । प्लान्टबाट निस्केको लेदोलाई कम्पोष्ट मल बनाउने योजना रहेको छ । रासस
Comments
अरु समाचार
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...












