बारा र संखुवासभामा उम्मेवार लक्षित बम बिष्फोट, विप्लव कार्यकर्तामाथि कडा निगरानी
काठमाडौं, ४ मंसिर । उम्मेदवार लक्षित बम आक्रमण अझै जारी छ । विभिन्न राजनीतिक दलका उम्मेदवार लक्षित गरेर बम आक्रमण गर्ने क्रम अझै रोकिएको छैन् । सरकारले उम्मेदवारको सुरक्षामा कुनै कसर बाँकी नराख्ने बताईरहेका बेला बम आक्रमणबाट उम्मेदवार बच्न सकेका छैनन् । सोमबार बिहानै बारामा नेपाली कांग्रेसका उम्मेवार लक्षित गरेर प्रेसर कुकर बम बिष्फोट भएको छ ।
बारा क्षेत्र नम्बर ४ (क) का नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार ओमकृष्ण कार्की चढ्ने गाडीमा बिहान बम विस्फोट भएको हो ।बम विष्फोटका कारण बा १४ च ६६३३ नम्बरको गाडिमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालयका सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बम विष्फोट गराउनेको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
यस्तै संखुवासभाको चैनपुरमा अज्ञात समूहले गाडीमा आगजनी गरेको छ। आइतबार राती करिब २ बजे को १ ज २१२३ नम्बरको ल्याण्डरोभर गाडीमा आगजनी गरेको हो । बसपार्क नजिकै पार्किङमा राखिएको चैनपुरका आशीष शाक्यको गाडी जलाइएको हो । गाडी कसले र किन जलाएको भन्ने पत्ता लागेको छैन ।
आगजनी गर्नेहरुको खोजी भइरहेको इन्सपेक्टर वेदप्रसाद गौतमले बताए । उक्त गाडी वाम गठबन्धनका उम्मेदवारहरुले चुनावी प्रचारप्रसारमा प्रयोग गर्दै आएका थिए ।
Comments
अरु समाचार
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...











