अब प्रकाश दाहाल पत्नी सिर्जना पनि प्रचण्डसँगै लाजिम्पाट बस्ने
काठमाडौं, ४ मंसिर । प्रकाश दाहालकी जेठी श्रीमती सिर्जना त्रिपाठी अबदेखि लाजिम्पाटमै बस्ने भएकी छन् । प्रकाश दाहालको असामयीक निधनपछि सिर्जना पनि प्रचण्डसँगै लाजिम्पाट बस्ने भएकी हुन् । सिर्जना अहिलेसम्म पोखरा आफ्नो माईतिमा बस्दै आएकी थिइृन् । प्रकाशको निधनले बाबु प्रचण्ड, आमा सीता, श्रीमतीहरु सिर्जना त्रिपाठी र बिना मगरलगायत आफन्त, ईष्टमित्र तथा शुभचिन्तकमा गहिरो चोट पुगेको छ ।
प्रकाशलाई आर्यघाटमा दागबत्ति दिइसकेपछि भने धेरैले उनका दुई श्रीमती र छोराबारे विभिन्न अड्कलबाजी गर्न थालेका छन् । त्यसो त बिनाभन्दा पनि अब सिर्जना के गर्लिन ? भन्ने धेरैको चासोका बिच सिर्जना प्रचण्डको आग्रहमा अब लाजिम्पाटमै बस्ने भएकी हुन् ।

प्रकाश दाहालको निधनपछि नर्भिक पुगेकी सिर्जना उनको पार्थिव शरीर देखेर बेहोस भएकी थिइन् । नर्भिकमै उपचारपछि उनको होस खुल्यो र उनी अन्त्येष्टीमा सहभागी हुन पशुपति आर्यघाट पुगिन् । त्यतिबेलासम्म प्रचण्डले सिर्जनालाई लाजिम्पाट लाने व्यवस्था गरिसकेका थिए । र, सहयोगका लागि माओवादी नेता डिलाराम आचार्यलाई अनुरोध गरियो ।डिलाराम भन्छन्, ‘लाजिम्पाटबाटै सिर्जनाका लागि गाडीको व्यवस्था गरिएको थियो । आर्यघाटमा प्रकाशको अन्त्येष्टीपछि मैले नै उनलाई गाडीमा हालेर पठाएको हुँ ।’
प्रकाश र सिर्जनाको ०६४ माघ ३ गते बिहे भएको थियो । उनीहरुका एक छोरासमेत छन्, प्रसिद्ध । तर, पछि प्रकाशले बिनासँग बिहे गरेपछि सिर्जना पोखरामा बस्दै आएकी थिइन् । तर, उनीहरुको सम्बन्धबिच्छेद भने भएको छैन ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












