प्रचण्ड भन्छन्, ‘आफुलाई भन्दा पनि परिवारलाई सम्हाल्न गाह्रो भयो’ (भिडियोसहित)
काठमाडौं, ४ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले परिवारका अन्य सदस्यहरुलाई सम्हाल्न गाह्रो भइरहेको बताएका छन् । पुत्र वियोगको पीडामा रहेका अध्यक्ष प्रचण्डले छोरीको निधन भएको तीन वर्षपछि एक मात्र छोरा प्रकाशलाई पनि गुमाउँदा ठूलो पीडा भइरहेको बताए ।
आफूलाई भेट्न सोमबार बिहान लाजिम्पाटस्थित निवास आएकाहरुलाई उनले भने, ‘जनताले हामीबाट अभिभावक जस्तै भूमिका खोजेको छ । हामीले धैर्य गर्नुपर्छ भनेपछि बिस्तारै नर्मल हुने तिर गएको छ । नर्मल भइसकेको त छैन । पीडा ठूलै छ ।’
उनले अघि भने, ‘मैले त पार्टीको लिडरको हैसियतले, हिजोको युद्ध, शान्ति सबै घटनाले रियलाइज गर्नसक्ने नै कुरा छ तर परिवारलाई सम्हाल्न गाह्रो छ । किनभने पहिले छोरीको घटना र अहिलेको यो घटनाले विक्षिप्तता ल्याएको छ ।’
निकै भावुक देखिएका प्रचण्डले छोरा प्रकाश दाहालको श्रद्धाञ्जली सभामा र दाहसंस्कारमा सहभागी भएकाहरु सबैलाई धन्यवाद समेत दिए । शोकको समयमा सबैबाट रचनात्मक सहयोग पाउँदा आफ्नो परिवारलार्इ शक्ति प्राप्त भएको उनले बताए ।
आइतबार बिहान माओवादी अध्यक्ष प्रचण्डको छोरा प्रकाश दाहालको हृदयाघातबाट ३६ वर्षको उमेरमा निधन भएको थियो । दाहाल परिवारलाई भेट्न र समवेदना व्यक्त गर्न प्रचण्ड निवास पुग्नेहरुको सोमबार पनि घुइँचो छ ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












