सप्तरीका सिवकुमारले जिते २ लाख ४० हजारको बाइक
काठमाडौं, ६ मंसिर । एसएमएस क्विज कन्टेस्ट प्रतियोगिताको पहिलो पुरस्कार सप्तरीका सिव कुमार भगतले हात पारेका छन् । क्रिष्ट मिडिया र नेपाल टेलिकमद्धारा सञ्चालित एसएमएस क्विज कन्टेस्ट प्रतियोगिताको पहिलो विशेष पुरस्कार सुजुकी जिक्सर वाइक सिव कुमारले जितेका हुन् ।
रसियन प्रविधिबाट नेपालमै पहिलो पटक सञ्चालित प्रतियोगिताको आज विशेष समारोहकाबीच पुरस्कार वितरण गरिएको थियो । नेपाल टेलिकमका ग्राहकले भाग लिन पाउने यस प्रतियोगितामा प्रत्येक दिन एक जनालाई स्मार्टफोन, प्रत्येक १० दिनमा एक जनालाई ल्यापटप र प्रत्येक महिनामा एक जनालाई सुजुकी जिक्सर बाईक पुरस्कार पाउनेछन् ।
एक महिना अघिलदेखि सञ्चालनमा आएको यस प्रतियोगिताको प्रथम चरणको पुरस्कार वितरण कार्यक्रमको सभापतिमा क्रिष्ट मिडियाका केपी पोखरेल रहनुभएको थियो भने प्रमुख अतिथिमा डा. माधव प्रसाद लिंथेप रहनुभएको थियो । कार्यक्रममा नेपाल टेलिकमबाट दिनामणी पोखरेल, राम अर्यालको समेत सहभागिता रहेको थियो ।
प्रतियोगिता अन्तर्गत पहिलो चरणमा १० जनाले ‘Leagoo M5’ स्मार्टफोन जितेका छन् । स्मार्टफोन विजेता हुनेहरुमा निर्मल गुरुङ, विन्दु थापा, राधा तिमिल्सेना, सागर कुमार, अरुणा राई, अमन खत्री, राजकुमार यादव, धन प्रसाद जेम्वाङ, सुजु थकाली र कृष्ण बोहोरा रहेका छन् । त्यस्तै ‘Twokey’ ल्यापटप विजेताहरुमा जिवन अर्याल, दिलमाया तामाङ र सिव कुमार भगत रहेका छन् । सिव कुमारले ल्यापटप, स्मार्टफोन र सुजुकी जिक्सर बाईकसहित तिनै पुरस्कार हात पारेका छन् ।
सुजुकी बाईक विजेता सिवकुमारले आफुले ८ हजार प्रश्नको उत्तर दिएको बताएका छन् । पुरस्कार ग्रहणपछि न्युज-नेपालसँग कुरा गर्दै सिवकुमारले घरपरिवारको सहयोग र निरन्तरको लगावले यो सम्भव भएको बताए । सप्तरी घर भएका सिवकुमारले यो प्रतियोगिताको अवधिमा विभिन्न समस्याहरु भोग्नुपरेका बताएका छन् । उनले भने, ‘गाउँमा यो फेक हो, फसाएर पैसा खाने हो भन्नेका कमी थिएन् । तर आफुले केही न केही त पक्कै होला भनेर खेलेकाले यहाँ सम्म पुगे ।’
सप्तरी जस्तो विकट क्षेत्रमा नेटवर्कको समेत समस्या रहेको भन्दै उनले आफ्नो पूरा गर्न सदरमुकाम आएर एसएमएस क्विज कन्टेस्ट खेलेको बताएका छन् । आफुले बाईनै जित्ने लक्ष्यका सात खेलेकाले लक्ष्य पुरा भएको उनको भनाई छ । प्रतियोगितामा बाईक पुरस्कार जित्दासम्म आफुले ३० हजार जति खर्च गरेको उनको भनाई छ । उनले पुरस्कारमा पाएको सुजुकी जिक्सर वाईकको बजार मुल्य २ लाख ४८ हजार ९ सय रुपैयाँ रहेको छ ।
कसरी खेल्ने त ?
क्विज कन्टेस्टमा सहभाभी हुन नेपाल टेलिकमको सिम प्रयोगकर्ताले सिमबाट क्विज लेखी ३१०१० मा
एसएमएस गरेपछि बधार्इ र सूचना तथा प्रश्न प्राप्त हुनेछ । उक्त प्रश्नको सही उत्तरको लागि पुनः सही नंम्बर
छानी एसएमएस पठाउनु पर्ने टेलिकमले बताएको छ । SMS Quiz Contest प्रतियोगिता एक बौद्दिक प्रतियोगिता हो । यसमा सहभागिहरुलाई विभिन्न विषयवस्तुहरुमा प्रश्न सोधिनो हुनाले आप्नो बौद्दिक ज्ञान चेक गरी बौद्दिकता बढाउनु साथै,
प्रत्येक दिन Smart Phone- १,
प्रत्येक 10 दिनमा Laptop – १
प्रत्येक महिना Suzuki Gixxer Motor Bike– १
सम्मेत जिन्न सक्नुहुनेछ । यो अटोमटीक रोवट प्रबिधि बाट प्रश्न हरु सोधिने र अंक गणना हुने प्रबिधि हो । यसमा मानविय हस्तक्षेप हुदैन । सहभागीता लिनको लागि तुरुन्त मोवाइलको Messages box मा quiz लेखी ३१०१० मा एस एम एस पठाउनुहोस for more information please visit our website www.quizcontestnepal.com
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












