७ नम्बर प्रदेशका चार जिल्लाका पाँच सय ७१ केन्द्रमा मतदान सुरु
काठमाडौं, १० मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पहिलो चरण अन्तरगत ७ नम्बर प्रदेशका चार जिल्लामा मतदान सुरु भएको छ । दार्चुला, बैतडी, बझाङ र बाजुरामा प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । चार जिल्लामा रहेका पाँच सय ७१ मतदान केन्द्रमा मतदान सुरु भएको सुदूरपश्चिम क्षेत्रीय उपप्रशासक शंकर बिष्टले जानकारी दिए ।
दार्चुलाः
जिल्लाका एक सय २९ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि एकसाथ मतदान सुरु भएको दार्चुलाका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए । मतदान गर्न उत्साहित भएका मतदाताहरु बिहानैदेखि लाइनमा बसेको छन् । दार्चुला प्रतिनिधिसभाका लागि पाँच र प्रदेश सभाका लागि १० जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । यस जिल्लामा ७८ हजार पाँच सय १२ मतदाताले मतदान गर्दैछन् ।
बैतडीः
बैतडीमा एक सय ८२ मतदान केन्द्रमा बिहानैदेखि मतदान सुरु भएको छ । बैतडीमा प्रतिनिधिसभाका लागि पाँच र प्रदेश सभाका लागि सात उम्मेदवार चुनावी मैदानमा रहेका छन् । बैतडीमा पनि अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बैतडीमा एक लाख ३२ हजार तीन सय १७ मतदाता रहेका छन् ।
बझाङ र बाजुराः
बझाङ र बाजुरामा पनि शान्तिपूर्ण तरिकाले मतदान भईरहेको सम्वन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएका छन् । बझाङबाट प्रतिनिधि सभाका लागि ७ र प्रदेश सभाका लागि १० तथा बाजुरामा प्रतिनिधि सभाका लागि तीन र प्रदेश सभाका लागि आठ गरी जम्मा ५५ उम्मेदवारहरु चुनावी मैदानमा छन् ।
बझाङमा एक लाख चार हजार दुई सय ७५ मतदाता रहेका छन् । एक सय ६० मतदान केन्द्र तोकिएको छ । त्यस्तै एक सय मतदान केन्द्र रहेको बाजुरामा ६९ हजार आठ सय ३४ मतदाता रहेका छन् । शुदूरपश्चिमका चारवटै जिल्लामा तीन लाख ८४ हजार नौ सय ३८ मतदाताले मतदान गर्दैछन् ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...












