मत पेटिकाको सुरक्षा तीन तहको घेरावन्दीमा गरिने, ढोकामा दलको पनि ताला लाग्ने
धादिङ, ११ मंसिर । आईतवार सम्पन्न प्रथम चरणको निर्वाचनमा खसेका मतको सुरक्षाका लागि तीन तहको घेरावन्दी हुनेछ । जिल्लाका विभिन्न मतदानस्थलबाट संकलन गरेर सदरमुकाम ल्याईएका मतपेटिकाको सुरक्षा तीन घेरामा गरिने प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
विभिन्न मतदानस्थलबाट सवारी साधन तथा हवाई ढुवानीबाट संकलन गरिएका मतपेटिकाहरु सुरक्षार्थ तीनै तहको सुरक्षा घेरावन्दी रहने प्रजिअ भण्डारीले बताए । ‘ मतपेटिकालाई सुरक्षित राख्ने व्यवस्था मिलाउन सोमवार अपरान्ह सबै उम्मेदवार र राजनीतिक दलहरुसंग छलफल गरि प्रतिनिधिसभा, प्रदेशशभा र समानुपातिकका मतपेटिकाहरु संवन्धित निर्वाचन कार्यालयमा ताला मारेर लाहाछाप लगाई नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसमेतको सुरक्षा प्रदान गरिने र राजनीतिक दलहरुले पनि आफ्ना प्रतिनिधि राख्न चाहे व्यवस्था गरिदिने छ’ प्रमुख निर्वाचन अधिकृत उमेश कोईरालाले भने ।
आईतवार निर्वाचन सम्पन्न भएका अन्य ३२ जिल्लाहरु भन्दा सवैभन्दा वढी मतदाता रहेको धादिङमा ६६ प्रतिशत मत खसेको छ । जिल्लाका २ लाख ३३ हजार ५ सय ५ मतदाताहरुले २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र , ४ प्रदेशसभा र समानुपातिकका लागि १ सय ९ मतदान स्थलका २ सय ७५ केन्द्रबाट मतदान गरेका छन् ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












