अब को बन्ला प्रचण्डको स्वकीय सचिव ? यस्तो प्रचण्डको तयारी
काठमाडौं, १२ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वकीय सचिवको जिम्मा कसलाई दिने भन्ने प्रश्न यतिबेला जटिल रुपमा उठेको छ । प्रचण्डको राजनीतिक भविष्यलाई साथ दिने र गोप्यता पनि कायम गर्ने व्यक्तिको खोजी भइरहेको छ । माओवादी केन्द्र स्रोतका अनुसार, स्वकीय सचिवको जिम्मा दिन सकिने एक जना व्यक्तिमा समिर दाहालको नाम आएको छ । तर, दाहाल राजनीतिमा भन्दा पनि व्यापारमा बढी केन्द्रीत भएकाले उनलाई स्वकीय सचिव बनाउने नहुने मत छ ।
त्यसपछि अर्का व्याक्तिमा प्रचण्डका कान्छा ज्वाँई जीवन आचार्यको नाम पनि आएको छ । तर, उनी मोरङबाट प्रदेशसभा सदस्यका लागि निर्वाचन लड्दैछन् । जसले गर्दा आचार्य पनि तत्काल स्वकीय सचिवको जिम्मा लिने अवस्थामा छैनन् । त्यसमाथि उनी निर्वाचित भएको अवस्थामा स्वकीय सचिव बन्ने सम्भावना छैन । तर, निर्वाचनअघि प्रचण्डले स्वकीय सचिवको जिम्म दिइहाल्ने सम्भावना देखिएको छैन ।
केहीले राजनीतिक बुहारी श्रृजना वा सल्लाहकार भूमिकासहितमा कुशल श्रेष्ठलाई बनाउन सकिने सुझाव पनि दिएका छन् । उनी पहिला पनि केही समयका लागि सचिवालयमा काम गरेका थिए । प्रकाशले खास नरुचाएका कारण शिव खकुरेल प्रचण्डको सचिवालयमा नपर्न पनि सक्ने माओवादी नेताहरुको भनाई छ । साँघु साप्ताहिकमा खबर छ ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...












