उम्मेदवारमाथि आक्रमण बढेपछि सुरक्षा रणनीति परिवर्तन, यी अवस्थामा गोली चल्न सक्ने
काठमाडौं, १७ मंसिर । दोस्रो चरणको निर्वाचन नजिकिएका बेला सुरक्षा निकाय हाई अलर्टमा रहेको छ । उम्मेदवार लक्षित आक्रमणका घटनाहरु बढ्न थालेपछि चार वटै सुरक्षा निकाय हाई अलर्टमा रहेको गृहमन्त्रालयले जनाएको छ । मंसिर १० गते पहिलो चरण अन्गर्त प्रदेश र प्रतिनिधि सभाको चुनाव सम्पन्न भएपश्चात दोस्रो चरणको चुनाव गराउन सुरक्षा निकाय तयारी अवस्थामा रहेको गृह मन्त्रालयले जनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा ३२ जिल्लामा मतपरिणाम आफ्नो पक्षमा ल्याउन राजनीतिक दलले गर्ने बुथ कब्जा मुख्य सुरक्षा चुनौतीका रुपमा देखिएको छ । त्यसलाई निरुत्साहित गर्ने देखि दोस्रो चरणको निर्वाचन शान्ति पूर्वक सम्पन्न गराउनतर्फ सुरक्षा निकाय केन्द्रीत भईरहेको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानले जानकारी दिए । स्थानीय प्रशासन र सुरक्षा संगठनले निर्वाचन नहुने अन्य जिल्लाका समर्थक निर्वाचन हुने जिल्लामा पुगेर सुरक्षा चुनौती थप जटिल बनाउने विश्लेषण समेत गरेका छन् ।
पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावका लागि ९० प्रतिशत प्रहरी कार्यक्षेत्रमा खटाएको थियो । जिल्लाको दरबन्दी अपुग भएपछि प्रहरी मुख्यालयले (ट्राफिक, अख्तियार, गण, गुल्म) बाट झन्डै नौ हजार प्रहरी बाहिर पठाएको थियो । सुरक्षामा प्रहरीसँगै ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिएका छन् ।
यी अवस्थामा चल्न सक्छ गोली
उच्च सुरक्षा सतर्कता अपनाइरहेका सुरक्षाकर्मीहरुले विशेष स्थितिमा गोलीसमेत चलाउन सक्नेछन् । निर्वाचनमा बुथ कब्जाको प्रयास भएमा वा कसैले विस्फोटको प्रयास गरेमा सुरक्षाकर्मीले गोली चलाउन सक्नेछन् । धेरै धनजनको क्षति हुन सक्ने अवस्थामा र सुरक्षाकर्मी नै असुरक्षित रहने अवस्थामा पनि गोली चल्न सक्ने छ । सरकारले मतपेटिका लुट्न खोजेमा वा मतपेटिका बोकेका गाडीमा आगजनी गर्न खोजेमा पनि गोली चलाउन सक्ने अधिकार सुरक्षाकर्मीलाई दिएको छ ।
सुरक्षा रणनीति परिर्वतन, विप्लवका ९९ प्रतिशत कार्यकर्ता पक्राउः
सुरक्षाकर्मी थप सशक्त रुपमा प्रस्तुत हुने, चेकजाँच र खानतलासी बढाउने, अनुसन्धानमा थप जनशक्ति परिचालन गर्ने र सुरक्षा निकायहरुबीच समन्वय बढाईएको छ । हाल निर्वाचनमा एक लाख ७७ हजार सुरक्षाकर्मी परिचालित छन् । र चुनाव विरोधी गतिविधिमा संलग्न भएको भन्दै पक्राउ पर्नेहरु ९९ प्रतिशत विप्लव माओवादीका रहेका छन् ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











