उम्मेदवारमाथि आक्रमण बढेपछि सुरक्षा रणनीति परिवर्तन, यी अवस्थामा गोली चल्न सक्ने
काठमाडौं, १७ मंसिर । दोस्रो चरणको निर्वाचन नजिकिएका बेला सुरक्षा निकाय हाई अलर्टमा रहेको छ । उम्मेदवार लक्षित आक्रमणका घटनाहरु बढ्न थालेपछि चार वटै सुरक्षा निकाय हाई अलर्टमा रहेको गृहमन्त्रालयले जनाएको छ । मंसिर १० गते पहिलो चरण अन्गर्त प्रदेश र प्रतिनिधि सभाको चुनाव सम्पन्न भएपश्चात दोस्रो चरणको चुनाव गराउन सुरक्षा निकाय तयारी अवस्थामा रहेको गृह मन्त्रालयले जनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा ३२ जिल्लामा मतपरिणाम आफ्नो पक्षमा ल्याउन राजनीतिक दलले गर्ने बुथ कब्जा मुख्य सुरक्षा चुनौतीका रुपमा देखिएको छ । त्यसलाई निरुत्साहित गर्ने देखि दोस्रो चरणको निर्वाचन शान्ति पूर्वक सम्पन्न गराउनतर्फ सुरक्षा निकाय केन्द्रीत भईरहेको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानले जानकारी दिए । स्थानीय प्रशासन र सुरक्षा संगठनले निर्वाचन नहुने अन्य जिल्लाका समर्थक निर्वाचन हुने जिल्लामा पुगेर सुरक्षा चुनौती थप जटिल बनाउने विश्लेषण समेत गरेका छन् ।
पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावका लागि ९० प्रतिशत प्रहरी कार्यक्षेत्रमा खटाएको थियो । जिल्लाको दरबन्दी अपुग भएपछि प्रहरी मुख्यालयले (ट्राफिक, अख्तियार, गण, गुल्म) बाट झन्डै नौ हजार प्रहरी बाहिर पठाएको थियो । सुरक्षामा प्रहरीसँगै ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिएका छन् ।
यी अवस्थामा चल्न सक्छ गोली
उच्च सुरक्षा सतर्कता अपनाइरहेका सुरक्षाकर्मीहरुले विशेष स्थितिमा गोलीसमेत चलाउन सक्नेछन् । निर्वाचनमा बुथ कब्जाको प्रयास भएमा वा कसैले विस्फोटको प्रयास गरेमा सुरक्षाकर्मीले गोली चलाउन सक्नेछन् । धेरै धनजनको क्षति हुन सक्ने अवस्थामा र सुरक्षाकर्मी नै असुरक्षित रहने अवस्थामा पनि गोली चल्न सक्ने छ । सरकारले मतपेटिका लुट्न खोजेमा वा मतपेटिका बोकेका गाडीमा आगजनी गर्न खोजेमा पनि गोली चलाउन सक्ने अधिकार सुरक्षाकर्मीलाई दिएको छ ।
सुरक्षा रणनीति परिर्वतन, विप्लवका ९९ प्रतिशत कार्यकर्ता पक्राउः
सुरक्षाकर्मी थप सशक्त रुपमा प्रस्तुत हुने, चेकजाँच र खानतलासी बढाउने, अनुसन्धानमा थप जनशक्ति परिचालन गर्ने र सुरक्षा निकायहरुबीच समन्वय बढाईएको छ । हाल निर्वाचनमा एक लाख ७७ हजार सुरक्षाकर्मी परिचालित छन् । र चुनाव विरोधी गतिविधिमा संलग्न भएको भन्दै पक्राउ पर्नेहरु ९९ प्रतिशत विप्लव माओवादीका रहेका छन् ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












